प्रतितोला आठ सय रुपैयाँ घट्यो सुनको भाउ, कतिमा खरिद –बिक्री हुँदै?

२९ बैशाख ८०, शुक्रबार
Share this
711shares

२९ वैशाख, काठमाण्डौ ।
शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ।अघिल्लो कारोबार दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला आठ सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा शुक्रबार चाँदी प्रतितोला ५५ रुपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top