मस्कले भेटे ट्विटरको नयाँ सीईओ

मस्कले भेटे ट्विटरको नयाँ सीईओ

२९ वैशाख, एजेन्सी ।
सामाजिक सञ्जाल ट्विटरका मालिक इलोन मस्कले यसको जिम्मेवारी एक महिलाले सम्हाल्ने घोषणा गरेका छन् । महिला प्रमुख कार्यकारी अधिकारी (सीईओ) लाई जिम्मेवारी दिएर आफू कार्यकारी अध्यक्ष तथा प्रमुख प्राविधिक अधिकारी (सीटीओ) को भूमिकामा रहने भनी मस्कले ट्विट गरी जानकारी दिएका छन् ।

यता द वाल स्ट्रीट जर्नलले भने एनबीसी युनिभर्सलकी विज्ञापन प्रमुख लिन्डा याकारिनो ट्विटरको नयाँ सीईओ बन्ने लेखेको छ । यद्यपि मस्कले यसबारे केही बताएका छैनन् । उनका अनुसार ट्विटरको नयाँ सीईओले अबको छ हप्ताभित्रमा कार्यभार सम्हाल्ने छन् ।

दुई महिनाअघि उनले ट्टीटर ह्यान्डलमा आफू सीईओबाट हट्नु ठीक छ÷छैन भन्ने पोल क्रियट गरेका थिए । उक्त भोटिङ पोलमा १७ लाख अकाउन्ट सहभागी थिए । जसमध्ये ५७ प्रतिशतले सीईओबाट मस्क हट्नुपर्ने प्रतिक्रिया दिएका थिए ।

त्यसपछि उनले आफू जस्तै कोही मूर्ख भेट्टाएपछि सीईओ पदबाट राजीनामा दिने घोषणा गरेका थिए । मस्कको यो घोषणापछि लिन्डिया याकारिनोको चर्चा बढेको छ । उनी एनबीसीयुनिभिर्सलमा विगत एक दशकभन्दा बढी समयदेखि कार्यरत छिन् ।

उनले विज्ञापनको प्रभावकारितालाई थप राम्रो तरिकाले मापन गर्नुपर्ने भनी पैरवी गर्दै आएकी छन् । पेन स्टेट विश्वविद्यालयबाट लिबरल आर्ट्स र टेलिकम्युनिकेशन्समा उनले पोस्टग्राजुएट गरेकी हुन् । याकारिनोले मस्कसँग अप्रिलमा मायामीमा आयोजित एक विज्ञापन सम्मेलनमा अन्तर्वार्ता गरेकी थिइन् । मस्कको काम गर्ने तरिकाको उनले प्रशंसा गरेकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.