×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

गुणस्तरहीन कामको विरोध गर्न १ लाख ३२ हजार भोल्टको पोलमा युवक चढेपछि…..

३० बैशाख २०८०

३० वैशाख, विराटनगर ।
मोरङको बूढीगंगा गाउँपालिकाका एक युवक १ लाख ३२ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको प्रसारण लाइनको पोलको टुप्पोमा चढेपछि उनलाई उतार्न विद्युत प्राधिकरणसहित, स्थानीय निकार र प्रहरीलाई निकै परिशानी भइरहेको छ ।

बूढीगंगा गाउँपालिका वडा नम्बर ७, डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी सडकमा बनिरहेको रिटेनिङ वाल गुणस्तरहीन भएको भन्दै बिजुलीको हाइटेन्सन पोलमा चढेका हुन् । उनलाई ओराल्ने प्रयास भइरहेको छ । तर उनले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता नजनाएसम्म पोलबाट नझर्ने अडान लिइरहेका छन् ।

Advertisement
Advertisement

बूढीगंगा ७ नम्बर वडा कार्यालयदेखि दक्षिणतर्फ जाने सडकमा निर्माण भइरहेको रिटेनिङ वाल गुणस्तरहीन भएको उनको आरोप छ । आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनी उनले दिएका छन् । उनी शनिबार बिहान ६ बजे चढेको स्थानीयले बताएका छन् ।

‘अहिले पनि दुहबीबाट झापाको दमक तिर गएको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा टावरमा चढेका छन्,’ बुढीगंगा ७ का वडाध्यक्ष पंकज थारु चौधरीले भने, ‘करिब ३० मिटर उचाइमा प्रसारण लाइनको टावरमा रहेका छन् । ती युवालाई उतार्न हामीले पहल र प्रयत्न गरेका छौँ । तर, युवाले मानिरहेको छैन ।’

Advertisement

अध्यक्ष र उपाध्यक्ष आएर आफ्नो माग सुनाइ हुने वातावरण बनाए मात्र उत्रिने बताउँदै आएको स्थानीय बताउँछन् । वडाध्यक्ष थारुका अनुसार बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ वाल निर्माणको काम भइरहेको छ । त्यही रिटेनिङ वाल रोक्नुपर्ने ती युवाको माग थियो । गुणस्तरमा प्रश्न उठाउँदै युवा प्रसारण लाइनको टावरमा चढेका हुन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top