शरणार्थी प्रकरणमा थप दुई ठूला माछा खोज्दै प्रहरी

Share this
683shares

३१ वैशाख, काठमाण्डौ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै १ अर्ब रुपैयाँ भन्दा बढी ठगी भएको प्रकरणमा थप दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

Advertisement

यस्तै यसअघि नै प्रहरीले खोजिरहेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्धविरुद्ध पक्राउ पूर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ।

पक्राउ पूर्जी जारी हुनुपूर्व नै यो घटनाका हाइप्रोफाइल व्यक्ति पक्राउ पर्न थालेपछि शेर्पा मोबाइलको स्विच अफ गरेर फरार छन्। शेर्पा २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका व्यक्ति हुन्। शेर्पाले यो प्रकरणमा पक्राउ परेकाहरुलाई भेटेर पूर्वगृहमन्त्री समेत रहेका कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको नाम नपोल्न भन्दै आग्रह गरेका थिए।

Advertisement

रकम फिर्ता दिलाउने भन्दै शेर्पाले केशव दुलाल र सानु भण्डारीलाई खाँणको नाम नलिन भनेको प्रहरी स्रोतले जनाएको छ। यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

प्रहरी स्रोतका अनुसार उनका लागि आइतबार पुर्जी जारी भएको हो । बादल गृहमन्त्री हुँदा बादल नै सक्रिय भएकोसमेत दाबी गरिएको छ । उनका सल्लाहकार रहेका इन्द्रजित राई यसअघि नै पक्राउ परेका छन् । इन्द्रजित पक्राउ परेपछि प्रतीक थापाविरुद्ध पनि यो मुद्दा सोझिएको थियो ।

Advertisement

प्रतीकले भने आफू पहिले नै सचेत भएर आफू यसमा संलग्न नभएको भनी प्रेस विज्ञप्तिसमेत पठाएका थिए । तर अहिले भने प्रहरीले उनी पनि यसमा संलग्न रहेका प्रमाणहरु भेटेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । नक्कली शरणार्थी प्रकरणमा एक दर्जन पक्राउ परिसकेका छन् ।

ठूला अनुहारमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्व गृहसचिव टेकनारायण पाण्डे र इन्द्रजित राई हिरासतमा छन् । पक्राउ पुर्जी जारी भएका एमाले सचिव समेत रहेका तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई फरार छन् । टोपबहादुरका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् ।

अनुसन्धानमा सहयोग गर्छु भनेर विज्ञप्ति निकालेको १० दिन बितिसक्दा समेत बालदका छोरा फरार छन्। यो ठगी गिरोहका सदस्य पक्राउ पर्न सूरु भएदेखि नै प्रतीक फरार रहेको प्रहरी स्रोतले जनाएको छ । ठगी प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते तीन जनालाई पक्राउ गरेपछि नै प्रतीक सम्पर्कबिहिन रहेको प्रहरी स्रोतको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top