×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

मन्त्रिपरिषद्ले पायो पूर्णता,वनमन्त्रीमा जसपाका महतो

९ जेष्ठ २०८०

९ जेठ, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । एघारौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै उनले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज वन तथा वातावरणमन्त्रीमा जसपाका वीरेन्द्र प्रसाद महतोलाई नियुक्त गरेका हुन् ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा पनि जसपाकै प्रमिला कुमारी नियुक्त भएकी छिन् । जसपाबाट यसअघि नै अशोक कुमार राई शिक्षा मन्त्री छन् । मंगलबार जसपाबाटै मन्त्री थपिएपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ ।

Advertisement
Advertisement

सरकारमा नेपाली कांग्रेसका एक उपप्रधानमन्त्रीसहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक मन्त्री छन् ।

आज वनमन्त्रीमा नियुक्त भएका महतो सिरहा ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । जसपाबाट उठेका उनले जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई पराजित गरेका थिए । उनीहरुको शपथ भोली १० बजे हुने बताइएको छ ।

माओवादी नेतृत्वको संघिय सरकारमा जसपाले मन्त्री पठाएर सरकारलाई पूर्णता दिदा उता मधेश प्रदेश सरकारबाट भने माओवादी बाहिरिने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले छलफल नगरी सरकार पुनर्गठनको तयारी थालेको भन्दै माओवादीले यहाँको सरकारबाट बाहिरिने निर्णय गरेको माओवादीका एक सांसदले बताएका छन् ।

एक साताअघि काठमाडौंमा भएको सत्ता गठबन्धनको बैठकले आलोपालो मुख्यमन्त्री बन्ने र पावर सेयरिङमा सहमत भएका थिए । सोमबार मात्रै दुई मन्त्रालयमा दाबी गरेको माओवादीले मागे अनुसारको मन्त्रालय पाएन ।

Advertisement

सरकारमा बस्ने÷नबस्ने भन्नेबारे छलफलका लागि लोसपा, जनमत र माओवादीको बैठक जारी छ । मुख्यमन्त्री यादवले मंगलबार मात्रै कांग्रेसबाट दुई जनालाई मन्त्री नियुक्त गरेका थिए । कांग्रेसका मन्त्रीहरूको शपथ ग्रहण पनि यही कारण ढिला भएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top