सुनको मूल्यको नयाँ रेकर्ड,तोलाको १ लाख १२ हजार

१६ जेठ ८०, बुधबार

१७ जेठ, काठमाण्डौ ।
नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि गत वैशाख २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

आज सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा दुई सय रुपैयाँ बढी हो। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार तोलामा दुई हजार चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ।

Advertisement

आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

बजेटले सुनको भन्सार शुल्क बढाएपछि २ दिनको अवधि मै सुनको मूल्य ३९ सय रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार शुल्क १५ प्रतिशतले वृद्धि गरेका छन्।

Advertisement

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि पूजीबजार मापक नेप्से परिसूचक पनि लगातार घटिरहेको छ । शेयर बजार लगानीकर्ता आयकरमा समेटिने त्रासले बजारप्रति लगानीकर्ताको विश्वास घट्दै गएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top