×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

प्रचण्डसंग शंकर फायर, भने प्रधानमन्त्रीलाई कठघरामा उभ्याउनु पर्छ

२१ जेष्ठ २०८०

२१ जेठ, काठमाण्डौ ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हिजै भारत भ्रमणबाट फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि कडा टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई संसदीय कठघरामा उभ्याउन समेत आग्रह गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरण, कालापानी, लिपुलेक र लिम्पियाधुरा बंगलादेश जाने बाटोका लागि छोड्न सक्ने अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग्न भनेका हुन् ।

‘जनप्रतिनिधिज्यूहरूले कूटिलताले भरिएको भाषणमा होइन तथ्यमा प्रवेश गरेर प्रधानमन्त्रीसँग सवाल–जवाफ गर्नुपर्छ । भारत–भ्रमणका क्रममा देखिएको नेपाल पक्षको कमजोर तयारी, भ्रमण दलका सदस्यहरूबाट भएको कूटनीतिक मर्यादाको गम्भीर उल्लङ्घन र प्रधानमन्त्रीकै राष्ट्रघाती अभिव्यक्तिका लागि उनलाई संसदीय कठघरामा उभ्याउनु सक्नुपर्छ।

Advertisement
Advertisement

ताकि भविष्यमा कुनै पनि प्रधानमन्त्रीले विदेशमा गएर यस प्रकारले राष्ट्रको शीर निहुराउने काम नगरोस्,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संसद्को विशेषाधिकार हनन गरेको बताएका छन् । प्रधानमन्त्री भारत भ्रमणमा जाँदैगर्दा हदम्याद गुज्रिएर निष्क्रिय बनेको विधेयक मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संसदको क्षेत्राधिकारको गम्भीर उल्लंघनको विषय भएको उनको ठहर छ ।

‘विधेयकमा छलफल गर्ने, पारित गर्ने र प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने काम संसदको हो, सरकारको होइन । त्यसमाथि नयाँ जनादेशवाट नयाँ प्रतिनिधिसभा आएको ६ महिनाभन्दा बढी भइसकेको अवस्थामा निष्क्रिय र विवादास्पद विधेयक अनुचित तरिकाबाट प्रमाणीकरण गरिनु खेदजनक छ,’ उनी भन्छन्, ‘प्रमाणीकरण भएको विधेयक संविधान भावना विपरीत छ ।

वैवाहिक अंगीकृत सन्दर्भमा नेपाल र भारतका बीचमा कम्तिमा समान व्यवस्था हुनुपर्दछ भन्ने नेपाली जनताको चाहना विपरित विधेयक आएको छ।’उनले बंगलादेश जाने बाटो नेपाल जस्ता भूपरिवेष्ठित राष्ट्रले पाउनैपर्ने अधिकारको विषय भएको बताउँदै यसलाई नेपालको मिचिएको भूभागसँग जोडिनु गम्भीर राष्ट्रघाती सोच भएको टिप्पणी गरेका छन् ।

‘यसप्रति सिंगो संसद् र माननीयज्यूहरूको ध्यान गम्भीर रूपमा जानुपर्छ, औपचारिक भ्रमणलाई राजकीय भ्रमण भनेर जनतालाई गुमराहमा राख्ने र ढाट्ने काम भएको छ, औपचारिक भ्रमणलाई पारिवारिक निजी भ्रमणजस्तो बनाउने काम, सुरक्षा–सल्लाहकारसँगको भेटमा भारतीय विदेश सचिव उपस्थित भएको देखिँदा प्रधानमन्त्री भने परराष्ट्रका अधिकारीबिना नै छोरीको साथमा देखिनु गम्भीर कमजोरी हो,’ उनले भनेका छन् ।

Advertisement

सीमा समस्याको समाधान, भारतीय बाँधका कारणले बर्खामा हुने गरेको तराई क्षेत्रको डुवानको समस्याको समाधान, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ एअररूटको प्राप्ति र नेपाल–भारत असमान सन्धि–सम्झौताको सुधारका लागि तयार भएको इपिजीको प्रतिवेदनको कार्यान्वयन, यस्ता विषयलाई अदृश्य भयका कारण प्रधानमन्त्री स्वयंले उपेक्षा गरेको उनले बताएका छन्।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top