×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

गौर हत्याकण्डका पीडितहरु सर्वोच्चमा, सोमबार पेशी

२१ जेष्ठ २०८०

२१ जेठ, काठमाण्डौ ।
गौर हत्याकाण्डमा संलग्नलाई कारबाहीको लागि दिएको जाहेरीमा प्रहरीले प्रकृया अघि नबढाएको भन्दै पीडितहरू सर्वोच्च अदालत पुगेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिट आइतबार सर्वोच्च प्रशासनले दर्ता गरेको छ ।

पीडितहरु त्रिभुवन साह, रुपसागर देवी, रोकैया खातुन र विक्रम पटेलले वारेश चायल्सा पौडेलमार्फत् रिट निवेदन दर्ता गराएका अधिवक्ता जयमंगल जयसवालले जानकारी दिए ।

Advertisement
Advertisement

रिटमा जिल्ला प्रहरी कार्यालय रौतहटले दर्ता भएको जाहेरीमा कानुनी प्रकृया अघि नबढाएकाले जाहेरीलाई फौजदारी कानुनको प्रकृयाबमोजिम अघि बढाउन परमादेश माग गरिएको छ । सर्वोच्चले रिटको सुनुवाइका लागि जेठ २२ गते सोमबारलाई पेसी तोकेको छ ।

यसअघि जेठ १६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले गौर हत्याकाण्ड र राजदरबार हत्या काण्ड लगायतको अनुसन्धान अगागि बढाउने बताएका थिए । प्रचण्डले इतिहासका ठूला–ठूला काण्डको फाइल खुलाउने प्रतिबद्धता जनाएका थिए ।

यस्तै केही दिन अघि आम जनता पार्टीका अध्यक्ष एवं रौतहटबाट निर्वाचित सांसद प्रभु साहसमक्ष गौर हत्याकाण्डमा ज्यान गुमाएकाको परिवारले घटनाको निष्पक्ष छानबिन माग गरेका थिए । सांसद साह रौतहटकै भएको र गौर हत्याकाण्डको समयमा उनी माओवादीका प्रभावशाली नेताको रूपमा चिनिन्थे ।

त्यसपछि पटक–पटक सोही ठाउँबाट सांसद जितेर मन्त्री भएका साहले घटनाको छानबिनमा चासो दिनुपर्ने पीडितको माग छ । २०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालीन नेकपा (माओवादी) र मधेशी जनअधिकार फोरमले आमसभाको आयोजना गरेका थिए ।

दुवै पार्टीले एकै स्थानमा आमसभा आयोजना गरेपछि झडप भएको थियो । झडपका क्रममा माओवादीका २७ जना कार्यकर्ताको ज्यान गएको थियो । झडपमा ११५ जना घाइते भएका थिए । यस घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरेको थियो ।

आयोगको अनुसन्धानमा दोषी देखिएका जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव सहित १३० जनामाथि अनुसन्धान गरी मुद्दा चलाउन गत पुस १९ गते सरकारलाई सिफारिश गरेको थियो ।

Advertisement

मुद्दा प्रक्रिया अघि नबढेपछि पीडित त्रिभुवन शाहले प्रहरीमा उजुरी दिएका थिए । तर, रौतहट प्रहरीले उजुरी लिन नमानेपछि सर्वोच्च अदालत पुगेको शाहले बताए । उनले रिटमा आफ्नो जाहेरी दर्ता गरी अनुसन्धान गर्न विपक्षीका नाममा परमादेश दिन माग गरेका छन् । सर्वोच्चले यस रिटमाथि सोमबार पेशी तोकेको हो ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top