×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

भैंसी राख्ने कि हटाउने भन्नेमै संसदमा हंगामा

२२ जेष्ठ २०८०

२२ जेठ, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भैंसी चढेर आएको भनेपछि संसद्मा हंगामा भएको छ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे जवाफ दिइसकेपछि प्रश्नोत्तरका क्रममा रास्वपा सांसद् खनालले प्रधानमन्त्री भैंसी चढेर आएको भनेपछि माओवादी सांसद्हरुले आपत्ति जनाएका हुन् ।

खनालले नयाँ हवाई रुट खुलाएर प्रधानमन्त्री जहाज चढेर आउलान् भनेको भैंसी पो चढेर आए भन्ने अभिव्यक्ति दिएका थिए । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसद खनालको भनाइमा नियमापत्ति जनाउँदै यो शब्द अमर्यादित भएको बताए । प्रधानमन्त्री भैंसी चढेर आएको शब्द संसदको मर्यादाविपरीत हुने भन्दै त्यसलाई रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरेका थिए ।

Advertisement
Advertisement

लगत्तै रास्वपाका सभापति रवी लामिछानेले प्रधानमन्त्री प्रचण्ड स्वयमले भैंसी चढेर आएको भनेर भनेको बताए । सो शब्दलाई लिएर सत्तापक्षका सांसद्हरुले आपत्ति जनाएपछि सभामुख घिमिरेले संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए । पुन विपक्षी सांसदले पनि प्रधानमन्त्रीलेसमेत भैंसी चढेर आएको शब्द बोलेको हटाउनुपर्ने माग गरेका थिए ।

त्यसपश्चात सभामुखले प्रचण्डले बोलेको ’भैंसी चढेर’ आएको भन्ने शब्दसमेत हटाउन निर्देशन दिए । तर एउटा सांसदले बोलिरहेको बेलामा अर्काले आपत्ति जनाएको भन्दै एमाले र रास्वापाका सांसदहरूले उठेर प्रतिवाद गरे । एमाले नेता सूर्य थापाले सत्ता पक्षले दादागिरी गरेको भन्दै नियमापत्ति भएको बताए ।

सभामुखले ’भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएपछि पनि एमाले रघुजी पन्तले पुन आपत्ति जनाउँदै प्रधानमन्त्रीले भैंसीको कुरा उठाएकाले प्रधानमन्त्रीले बोलेको विषय पनि रेकर्डबाट हटाउन माग गरेका थिए । रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले प्रधानमन्त्री स्वयं भनेको कुरालाई लिएर आफ्ना सांसद हटाउने कुरा आपत्तिजनक भएको बताए ।

लामिछानेले सत्तापक्षलाई संसदमा दादागिरी नदेखाउन चेतावनी दिए । उनले भने, ‘प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर सोही शब्द भन्दा केही नहुने, दृष्टान्तस्वरूप हाम्रो सांसदले भनेको शब्द हटाउने भए हटाऔं ठीक छ । त्यसो भए प्रधानमन्त्रीले भनेको शब्द पनि हटाऔं । हामीलाई केही आपत्ति छैन । सत्तापक्ष पेलेर जान खोज्छ भने थाहा होस् सत्तापक्षको सदन होइन । प्रतिपक्षको सदन हो । प्रतिपक्षको उपस्थितिलाई सत्तापक्षले दादागिरी देखाउन नखोजोस् ।’

यसअघि प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा मूर्रा भैंसी ल्याउनेबारे स्पष्टीकरण दिएका थिए । उनले यो विषयमा सात वर्षअघि नै कुरा भएको जानकारी दिए । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे जानकारी दिने क्रममा भैंसीको प्रसंगबारे कुरा उठाएका हुन् । ’भैंसीको कुरा अहिले भएको होइन । आजभन्दा सात वर्षअघि नै मूर्रा भैंसी ल्याउने कुरा भएको रहेछ । मान्छेले अहिले मलाई भैंसी चढाएर हिँडेका छन‚’ प्रधानमन्त्री दाहालले भनेका थिए ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top