एमालेका नेतामाथि पहिचानवादीको आक्रमण,ओली आगो

२४ जेठ ८०, बिहीबार

२५ जेठ, काठमाण्डौ ।
कोशी प्रदेशमा उपसभामुख सृजना दनुवारमाथि आक्रमण भएको छ । बिहीबार उदयपुरको त्रियुगा नगरपालिकाबाट फर्किने क्रममा त्रियुगा १२ बुद्धचोकमा उनीमाथि आक्रमण भएको हो ।

कोशी प्रदेश नामकरणको विरोधमा रहेको जातीय पहिचान पक्षधर संघर्ष समितिसम्बद्ध कार्यकर्ताहरूले उपसभामुख दनुवारमाथि आक्रमण गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

ढुंगामुढाका कारण उपसभामुख दनुवारको गाडीको सीसामा क्षति पुगे पनि उपसभामुख सुरक्षित रहेको उनका स्वकीय सचिव भुवन दाहालले जानकारी दिए । उनका अनुसार आक्रमणबाट उपसभामुख दनुवार चढेको बा २ झ ३७३८ नम्बरको गाडीमा क्षति पुगेको छ ।

पहिचानवादीको नाममा मोटरसाइकलमा आएका ८–१० जनाको समूहले छापामार शैलीमा आक्रमण गरेको गौतमले बताए । उनले घटनामा संलग्नहरूको खोजी भइरहेको भन्दै कानुनी कारबाही गर्ने पनि बताएका छन् ।

दनुवारको गाडीभन्दा अगाडि रहेको त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई चढेको गाडीमा समेत पहिचान पक्षधर समूहले ढुंगामुढा गरेका छन् । ढुंगामुढाले लागेर उपमेयर राई चढेको गाडीको सिसा फुट्नुका साथै गाडी पनि क्षतिग्रस्त भएको जनाइएको छ ।

बिहीबार नै नेकपा एमाले संसदीय दलका उपनेता एवं कोशी प्रदेश सभाका सदस्य राम रानामाथि समेत इलाममा दुर्व्यवहार भएको छ । पहिचानवादी समूहले इलाम नगरपालिका–११ सोयाकमा राना चढेको गाडीमा मोबिलको बाल्टी नै फ्याँकेर दुर्व्यवहार गरेको जनाइएको छ ।

राना कोशी प्रदेश नामकरणको प्रस्तावका प्रस्तावक हुन् । यसैबीच आफ्ना पार्टीका नेताहरुमाथि आक्रमण र दुव्र्यवहारको भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि खनिएका छन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले नै पहिचानवादीहरूलाई प्रोत्साहित गरेर एमालेमाथि आक्रमण गराइरहेको आरोप ओलीले लगाएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला भइरहेको बताए ।

एमालेले पहिचानका नाममा भइरहेका अपराधिक क्रियाकलापको सामना गर्न नडराउने उनको भनाइ छ । “अहिले पहिचानवादीका नाममा विभिन्न ठाउँमा हमला भइरहेको छ । सरकार केही गर्दैन । प्रहरीलाई टाउको फुटे पनि केही नगर्नू भनेको छ ।

पहिचानका नाममा एउटै मानिसहरू बाइक लिएर पुग्ने गरेका छन् हरेक ठाउँमा । कार्यक्रम गर्न नपाउने, केपी ओली निषेध, एमाले निषेध के के निषेध, अहिले प्रदेश नम्बर १ मा सत्ता संरक्षित, अपराधिक घटनाहरू भइरहेका छन्, आफैँले आफ्नै मान्छे मारे सुरुमै ।

हामीमाथि हमला भयो, कहिले बन्द भनेके छ, कहिले तोडफोड, कहिले अनेक छ,“ उनले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशभर पहिचानको विष फैल्याउने कोसिस गरे पनि सफल नबनेको ओलीको आरोप छ ।

पहिचानवादको संरक्षक पुष्पकमलवादीहरू भएको भन्दै उनले प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गरे । “अब नेकपा (एमाले)ले तयारीका साथ दनक दिनुपर्ने बेला आएको छ । सरकारले यो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन ।

हाम्रो कार्यकर्ताको रक्षा आफैँले गर्नुपर्छ भने, गुण्डाहरू न नियन्त्रण गर्छ, न समात्छ, प्रोत्साहित गरेको छ प्रचण्ड सरकारले । अब जवाफ दिनुपर्ने बेला आइसकेको छ । पहिचानवादको संरक्षक यो पुष्पकमलवादीहरू प्रचण्डपथ हो । प्रचण्डपथ अझै गएको छैन । यो देशद्रोही र अपराधी पथ हो,“ ओलीले भनेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top