साफको तयारीस्वरुप नेपाल र फिलिपिन्स खेल्दै

३२ जेठ, काठमाण्डौ ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दै छ । साफ च्याम्पियनसिपको कमजोर तयारीबीच नेपाल तुलनात्मक रूपमा बलियो फिलिपिन्ससँग आफ्ना कमजोरी पत्ता लगाउने प्रयासमा मैदान उत्रिने छ । नेपालले घरेलु टोली फिलिपिन्ससँग उसैको मैदान रिजल मेमोरियलमा खेल्न लागेको हो ।

यो खेल नेपाली समय अनुसार दिउँसो पौने ५ बजे सुरु हुनेछ । नेपाल र फिलिपिन्ससँग सातौँ पटक प्रतिस्पर्धा गर्न लाग्दा दोस्रो जितको प्रयासमा हुने छ । यसअघि भएका ६ भेटमा फिलिपिन्सले ४ मा जित निकाल्दा एक खेल बराबरी र अर्को एक खेलमा नेपालले जित निकालेको छ । भारतमा हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारीअन्तर्गत नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

साफ च्याम्पियनसिप भारतको बैंगलोरमा आगामी ६ असार देखि १८ सम्म हुँदै छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले फिलिपिन्स भ्रमण र साफका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । साविक उपविजेता नेपाल यो पटक बलिया राष्ट्रको समूहमा रहेको छ । साफको समूह ‘ए’ मा नेपालले साविक विजेता भारत, कुवेत र पाकिस्तानसँग खेल्ने छ ।

समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । यो पटक साफले कुवेत र लेबनानलाई आमन्त्रित टिमका रुपमा सहभागि गराउँदै छ । असार ६ गते हुने नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ । यसैबीच नेपाली पुरुष राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पुगेको फिलिपिन्सको राजधानी मनिलामा भूकम्प गएको छ ।

मनिलामा आज विहान स्थानीय समय १०ः३० बजे ६.३ रेक्टर स्केलको भूकम्प गएको स्थानीय संचारमाध्यामहरुले उल्लेख गरेकाछन् । भूकम्पका कारण स्थानीय रेल सेवा अवरुद्ध हुन पुगेको छ । भूकम्पले कुनै ठूलो दुर्घटना भने नभएको फिलिपिन्सको सेस्मोलोजी एजेन्सीले जनाएको छ । भूकम्पले कुनै गम्भीर क्षति नभएकाले नेपालको आजको खेल भने निश्चित समयमा नै हुनेछ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top