×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘आदिपुरुष’ विरुद्ध बालेनलाई हर्क र धनराजको साथ

४ असार २०८०

४ असार, काठमाण्डौ ।
दक्षिण भारतीय चलचित्र आदिपुरुषमा रहेको सीताको संवाद नहटाएको भन्दै आदिपुरुषसँगै अन्य हिन्दी चलचित्रहरुको प्रर्दशन आजदेखि काठमाडौंमा रोकिएको छ । महानगरका मेयर बालेन्द्र शाह बालेनले तीन दिनका लागि चलचित्रको संवाद हटाउन दिएको समयमा सीताको जन्मको संवाद नहटाएको भन्दै काठमाडौंमा हिन्दी चलचित्रको प्रर्दशन रोक्ने निर्णयपछि संघीय राजधानीका सिनेमाहलहरुमा आदिपुरुषसँगै हिन्दी सिनेमाको प्रर्दशन रोकिएको छ ।

मेयर शाहको निर्णयलाई पच्छयाउदै पोखरा महानगर र धरान उपमहानगरमा पनि आदिपुरुषको प्रर्दशनमा रोक लगाइएको छ । धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आज आदिपुरुगा प्रदर्शन नगर्न निर्देशन दिएका छन् । बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर उनले यस्तो निर्देशन दिएका हुन् ।

Advertisement

उता पोखरा महानगरपालिकाले पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो । महानगर प्रमुख धनराज आचार्यले पोखराका हलहरू श्रीकृष्ण, विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन भारतीय फिल्म प्रसारणमा रोक लगाउन पत्र लेखेका हुन् । पत्रमा ’जानकी भारतीय छोरी हुन’ भन्ने शब्द नसच्चिएसम्म नगर क्षेत्रभित्रका हलमा अन्य भारतीय प्रदर्शन पनि रोक्न निर्देशन दिइएको छ ।

संघीय राजधानीमा चलचित्रको प्रर्दशन रोकिएको अवस्थामा अन्य महानगरहरु ललितपुर, विराटनगर, विरगन्ज र भरतपुरमा भने चलचित्रको प्रर्दशन निर्वाध रुपमा भईरहेको छ । बालेनले आदिपुरुषसँगै अन्य हिन्दी सिनेमाको समेत प्रर्दशन रोकेपछि भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रा.लिले चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पत्र पठाएको छ ।

कम्पनीले आइतबार इमेलमार्फत पत्र पठाएर चलचित्र ‘आदिपुरुष’मा प्रयोग भएको संवादमा सीताको जन्मको विषयमा नभइ सम्पूर्ण भारतीय नारीहरुको स्वाभीमानलाई प्रतिनिधित्व गरेको उल्लेख गरेको छ । कम्पनीकी राधा दासद्वारा हस्ताक्षरित पत्रमा संसारका महिलाहरुको सम्मानलाई भारतीयले महत्वका साथ हेर्ने गरेको बताउँदै चलचित्रलाई कलात्मक प्रदर्शनको रुपमा हेरिदिन र सहयोग गर्न भनेकी छन् ।

Advertisement

‘सर्वप्रथम यदि हामीले कुनै पनि विषयमा नेपालको भावनामाथि चोट पुर्याएको भए माफी चाहन्छौं, कसैको सौहाद्रतामा खलल पुर्याउने हाम्रो कुनै पनि चाहना वा नियोजित कार्य थिएन’, पत्रमा भनिएको छ । ‘चलचित्रमा प्रभासले निभाएको चरित्र श्री राघवले बोलेको ‘आज मेरे लिए मत लड्न, उस दिन के लिए लड्ना जब भारत कि किसि बेटी पर हात डाल्ने से पेहेले दूराचारी तुमहारा पौरुष याद कर्के थ्रा उठेका’ को सम्बन्ध माता सीताको जन्मभूमिसँग सम्बन्धित नभएको तर भारतका सबै महिलाहरुको स्वाभीमानलाई जनाउने रुपमा प्रयोग गरिएको हो’, पत्रमा उल्लेख गरिएको छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top