×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

नोबेलमा ‘लेजर इन प्रोक्टोलोजी’बाट पायल्स र फिस्टुलाको उपचार

४ असार २०८०

४ असार, विराटनगर ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले ‘लेजर इन प्रोक्टोलोजी’ प्रविधिबाट पायल्स, फिसर र फिस्टुलाको उपचार गर्न थालेसँगै पायल्स, फिस्टुला रोगीहरू लाभान्वित भइरहेका छन् । एक वर्षअघि नोबेलले भित्र्याएको ‘लेजर इन प्रोक्टोलोजी’ प्रविधि पायल्स र फिस्टुलाको उपचारमा प्रभावकारी बन्दै गएको हो ।

नोबेलले एक वर्षको दौरानमा एक सय भन्दाबढी पायल्स तथा फिस्टुलाको सफल उपचार गरिसकेको छ । नोबेलले पूर्वमा पहिलो पटक पायल्स, फिस्टुला रोगको उपचारका लागि ‘लेजर इन प्रोक्टोलोजी’ प्रविधि भित्र्याएको जनरल एण्ड ल्याप्रोस्कोपिक सर्जन विथ प्रोक्टोलोजी डा. अमित भट्टराईले बताए ।

Advertisement
Advertisement

भट्टराईसँगै डा. दिनेश अधिकारीले पायल्स, फिस्टुलाको लेजर इन प्रोक्टोलोजीबाट सेवा दिइरहेका छन् । लेजर इन प्रोक्टोलोजी प्रविधिले पायल्स, फिस्टुलाको उपचार गर्दा चिरेर गरिने शल्यक्रिया जस्तो अस्पतालमा भर्ना भएर बस्नु पर्दैन । यो प्रविधिमा दुखाइ कम हुन्छ साथै, पटकपटक पायल्स, फिस्टुला दोहोरिने समस्यासमेत भोग्नु नपर्ने डा. भट्टराईको दावी छ ।

‘साधारणतया पायल्स, फिस्टुला, फिसर भनेको मानिसले बढी नै दुखः पाइराख्ने रोग हो । यसको विभिन्न उपचार पद्दति छ । तर, पछिल्लो समय प्रभावकारी चैं लेजर इन प्रोक्टोलोजी प्रविधि बनेको छ ।’ यस प्रविधिबाट उपचार गर्दा चिरेर अप्रेसन गर्नु नपर्ने भएकाले दुखाई पनि कम हुने, रगत कम जाने तथा संक्रमण पनि कम हुने डा. भट्टराई बताउँछन् ।

लेजर इन प्रोक्टोलोजीबाट पायल्स फिस्टुलाको उपचार गर्दा कतिलाई बेहोस बनाएर त कतिलाई बेहोस नगरीकन अप्रेसन गरिन्छ । ‘भर्खर भर्खर भएकाहरुलाई बेहोस नगरी उपचार गर्न सकिन्छ । धेरै नै पुरानो, ठूलो छभने बेहोस बनाएर उपचार गरिन्छ ।’ पुरानो पद्दतिमा अप्रेसन गर्दा दुई चार दिन अस्पताल बस्नैपर्ने तर, लेजर इन प्रोक्टोलोजीमा अप्रेसन गरेको एकाध घण्टा पछि नै बिरामी घर जान सक्छन् ।


कसलाई हुन्छ पायल्स ?
पायल्स गाउँशहर सबैतिर बस्नेलाई हुन्छ । बढी महिलाहरुमा पायल्स, फिस्टुला हुन्छ । पायल्स, फिस्टुला भनेको रगत जमेको डल्लो हो । रगतको नसाहरु फुलेको हो । यसको विभिन्न ग्रेडहरु हुन्छ । ‘भर्खरभर्खरै भएको छ भने उपचार सहज हुन्छ । धेरै पुरानो छ भने चिरेर नै निकाल्नुपर्छ ।

’ डा. भट्टराई भन्छन् । उमेर समुहको कुरागर्दा युवादेखि बृद्धावस्थामा पनि पायल्स, फिस्टुला हुन्छ । तथापि, सबै रगतजाने समस्या पायल्स हो भनेर बस्न नहुने डा. भट्टराईको सुझाव छ । ‘उमेर कटेको समुहमा रगत जाने समस्या छभने क्यान्सर पनि भएको हुनसक्छ ।’ डा. भट्टराई भन्छन् । पायल्स हुन नदिन खानपानमा ध्यान दिनुपर्छ ।

पानी प्रसस्त पिउने, झोल कुरा खाने, सागसब्जी, गाजरमुला जस्ता रेसादार खानाहरु बढी खानुपर्छ । माछामासु तथा मरमसलायुक्त चिल्लो पिरो खाना खानु हुँदैन । शौचालयमा घटौं मोवाइल खेलाएर बस्ने बानी हटाउनु पर्छ । यसो गर्दा मलद्वारमा प्रेसर पर्छ । पायल्स फिस्टुला पछिल्लो समय अधिकांशको समस्या भएपनि जनचेतनाको कमीले उपचारमा कम आइरहेका छन् ।

Advertisement
Advertisement

पायल्सको उपचार गर्नुहुँदैन, झन बढ्छ भन्ने भ्रम पनि छ । ‘घरमा नभन्ने, लजाउने गर्नु हुन्न । पायल्स हो होइन चिकित्सकको परामर्श लिनुस । उपचार गरेपछि सधैंभर खानपान बारेर हिँडिरहनु पर्दैन ।’ डा. भट्टराई भन्छन् । नोबेलमा पायल्स, फिस्टुलाको लेजर इन प्रोक्टोलोजीबाट उपचार गर्दा महंगो शुल्क लाग्दैन । नोबेलमा करिब ३० हजारको हाराहारीमा लेजर इन प्रोक्टोलोजीबाट पायल्स, फिस्टुलाको उपचार गरिन्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top