×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

सन्दीपको विकेटविहीन यात्रा समाप्त

४ असार २०८०

४ असार, एजेन्सी ।
नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको ओडिआई क्रिकेटमा लगातार ३३ इनिङ पछि विकेट विहीन बनेका छन् । आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत जिम्बावेविरुद्ध विकेट विहीन बनेसँगै उक्त यात्रा समाप्त भएको हो । जिम्बावेविरुद्ध सन्दीपले १० ओभरमा ७७ रन खर्चेर विकेट लिन सकेनन् ।

यसअघि सन्दीप पछिल्लो पटक २०२० फेब्रुअरी ९ मा ओमानविरुद्ध टियु मैदानमा विकेट विहीन बनेका थिए । उक्त खेलमा सन्दीपले १० ओभरमा ६५ रन खर्चिदा विकेट लिन सकेका थिएनन् । त्यसै सिरिजमा ओमानविरुद्ध १० ओभरमा १ मेडनसहित ४५ रन खर्चेर विकेट लिन सकेका थिएनन् । सन्दीपले बलिङ गरेका यी दुई बाहेक अन्य सबै खेलमा विकेट लिएका छन् ।

Advertisement
Advertisement

सन्दीपको यो ओडिआई करिअरको दोस्रो खराब प्रदर्शन हो । यसअघि आइसिसी विश्वकप लिग२ को अन्तिम खेलमा केहि महिना अघि टियु मैदानमा युएईविरुद्ध १० ओभरमा ८० रन खर्चेर १ विकेट लिएका थिए । उक्त प्रदर्शन नै सन्दीपको ओडिआईमा सवैभन्दा खराब प्रदर्शन हो । सन्दीपले ४३ ओडिआई इनिङमा १ सय ४ विकेट लिएका छन् ।

सन्दीपले खेलेका ४४ खेल मध्य एक इनिङमा मात्रै बलिङ गरेका छैनन् । आइसिसी विश्वकप लिग २ मा ओमानविरुद्ध नै सन्दीपले पेटमा समस्याको कारण २०२१ मा बलिङ गरेका थिएनन् । सन्दीप ओडिआईमा सर्वाधिक धेरै ३३ इनिङमा लगातार विकेट लिने पहिलो खेलाडी हुन् ।

सन्दीपपछि ओडिआईमा लगातार २६ पटक अष्ट्रेलियाका पूर्व तीव्र गतिका बलर ब्रेटले लिएका थिए । विकेट विहीन भएपनि सन्दीप ओडीआईमा लगातार सबैभन्दा बढी इनिङमा विकेट लिने खेलाडीको पहिलो नम्बरमा छन् ।

Advertisement

दोस्रोमा २६ खेलसहित अस्ट्रेलियाका ब्रेटली, तेस्रोमा २५ खेलमा वेस्ट इन्डिजका इयान बिसोप, चौथोमा २४ खेलसहित अफगानिस्तानका हमिद हसन र पाँचौंमा खेलको कीर्तिमानसहित न्यू जिल्यान्डका क्रिस प्रिन्गेल छन् । नेपालले विश्वकप छनोटको दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top