वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य

७ असार, एजेन्सी ।
आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता वेस्ट इन्डिजले नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा ३३९ रन जोड्यो।

Advertisement

वेस्ट इन्डिजका लागि शाइ होप र निकोलाश पूरनले उत्कृष्ट ब्याटिङ गरे। दुवै ब्याटरले शतक प्रहार गर्न सफल भए। होप र पूरनबीच चौथो विकेटका लागि २१६ रनको विशाल साझेदारी भएको थियो।

११५ रन बनाएका पूरनलाई दीपेन्द्रसिंह ऐरीले ४४औं ओभरको अन्तिम बलमा क्याच आउट गरे। पूरनले ९४ बलमा १० चौका र ४ छक्का प्रहार गरका थिए। अन्तिम ओभरको दोस्रो बलमा आउट भएका होपले १३२ रन प्रहार गरे।

Advertisement

उनले १२९ बलमा १० चौका र ३ छक्का प्रहार गरे । १४ बलमा २९ रन प्रहार गरेका रोभमन पावेललाई ललित राजवंशीले ४८ ओभरको पहिलो बलमा गुल्सन झाबाट क्याच गराए। यस्तै जासन होल्डरले नटआउट १६ रन जोडे।

त्यसअघि विकेटकिपर आसिफ शेखले वेस्ट इन्डिजका पूरनको दुई पटक क्याच मिस गर्दा नेपाललाई महँगो प¥यो। आसिफले पूरन ३ रन र ५४ रन बनाएर खेलिरहदा क्याच छुटाएका थिए। पहिलोपटक ललित राजवंशी र दोस्रो पटककरण केसीको बलमा उनको क्याच छुटेको थियो।

Advertisement

त्यसअघि नेपालले उत्कृष्ट सुरुवात गर्ने क्रममा वेस्ट इन्डिजका ओनपिङ ब्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट गरेको थियो। मेयर्सलाई दोस्रो ओभरमा करणले कुशल भुर्तेलबाट क्याच गराए। यस्तै जोनसन चार्ल्सलाई गुल्सन झाले शून्यमा आउट गरेपछि नेपालले ४.१ ओभरमा दोस्रो सफलता हात पा¥यो।

त्यसपछि ओपनर ब्रान्डन किङ १५.३ ओभरमा ३२ रनमा सन्दीप लामिछानेबाट बोल्ड भएका थिए। बलिङमा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए। उनले १० ओभरमा ५२ रन खर्चिए। यस्तै करण केसी, सन्दीप लामिछाने, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिन सफल भए।

नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । नेपाल र वेस्ट इन्डिजले पहिलो पटक खेलिरहेका हुन् । वेस्ट इन्डिज दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्व कप च्याम्पियन हो । प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेल खेलिरहेको हो।

पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो। वेस्ट इन्डिज आज खेलेपछि नेपालले अन्तिम खेल २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ। बाँकी दुई मध्ये एक खेलमा जित निकाल्न सकेको अवस्थामा नेपालको सुपर सिक्स पुग्न सक्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top