पाकिस्तानको राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित

२० भदौ ७५, बुधबार
Share this
745shares

एजेन्सी, भदौ २०
पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार भएका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

Advertisement

पाकिस्तानको दुबै संसद तथा चारवटा प्रान्तीय सभाका सांसदहरुले राष्ट्रपतिका लागि मङ्गलबार मतदान गरेका थिए ।पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको परिणाम बुधबार प्रमाणित गरेपछि आरिफ अल्भी निर्वाचित भएको घोषणा गरिनेछ ।

अल्भीले संसदको माथिल्लो र तल्लो सदनबाट २१२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा भाग लिएका पाकिस्तान पिपुल्स पार्टीका ऐजाज अहसनले ८१ तथा पूर्व प्रधानमन्त्री नवाज शरिफको पाकिस्तान मुस्लिम लीग समर्थित मौलाना फज्लुर रहमानले १३१ मत प्राप्त गरेका थिए ।

Advertisement

अल्भीले चारवटा प्रान्तीय सभाबाट पनि सबैभन्दा बढी मत पाएका थिए । त्यहाँको विपक्षी दलहरुका तर्फबाट एकजना मात्र उम्मेदवार उठाउने प्रयत्न भएपनि सो सम्भव भएन ।वर्तमान राष्ट्रपति मामून हुस्सैनको कार्यकाल सेप्टेम्बर ९ मा समाप्त भएसँगै नवनिर्वाचित राष्ट्रपति अल्भीले सपथ लिने जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top