×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मानव बेचबिखन तथा ओसार पसार विरुद्धको दिवसको अवसरमा दीप प्रज्वलन

२० भाद्र २०७५

विराटनगर,भदौ २०
१२ औँ मानव बेचबिखन तथा ओसार पसार विरुद्धको दिवसको अवसरमा विराटनगरमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।

“संघीयताको महत्वपुर्ण सार मानव बेचबिखन अन्त्यका लागि जिम्मेवार र सहकार्य सहित गरौँ खबरदार” भन्ने मुल नारा सहित मानव बेचबिखान नियन्त्रणका लागि प्रदेश नं १ सामाजिक विकास मन्त्रालयको आयोजनामा विराटनगरको महेन्द्र चौकमा दीप प्रज्वलन गरिएको हो ।

Advertisement

 

सो दीप प्रज्वलन कार्यक्रममा प्रदेश नं १ सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दीप प्रज्वलन गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामाजिक समस्याका रुपमा राज्यले आत्मसात गरेको मानव बेचबिखन नियन्त्रणका लागि जनजागरण ल्याउन आवश्यक रहेको बताए ।उनले समाजमा गरिबीमा रहेका मानिसहरुलाई वैदेशिक रोजगारमा पठाइदिने भन्दै प्रलोभनमा पारेर पनि बेचबिखनमा लाने गरेकोले सचेत रहन आग्रह गरे ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विभिन्न प्रलोभनमा पारी मानव बेचबिखन भइरहेको भन्दै मानव बेचबिखन रोक्न सबै एक ढिक्का भएर लाग्न आग्रह गरे ।

त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानराज सुवेदीले १२ औँ मानव बेचबिखान तथा ओसार पसार विरुद्धको दिवस सफल बनाउन सबैमा आग्रह गरे ।

Advertisement

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top