×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

इतिहासमा आजः‘किङ अफ पप’ अस्ताएको दिन

१० असार २०८०

१० असार,एजेन्सी ।
आज जुन २५ । यो दिन विश्वमा आज भएका विभिन्न घटना क्रमका कारण चर्चित छ । त्यस मध्येको प्रमुख घटनाक्रम हो विश्वले आजकै दिन ‘किङ अफ पप’ माइकल ज्याक्सनलाई गुमाउनु परेको थियो । आजकै दिन अमेरिकी गायक माइकल ज्याक्सनको निधन भएको थियो ।

‘किङ अफ पप’ ले चर्चित ज्याक्सनको ५० वर्षको उमेरमा अमेरिकाको क्यालिफोर्नियाको लस एन्जल्समा निधन भएको हो । ११ वर्षकै उमेरबाट संगीत क्षेत्रमा लागेका ज्याक्सनले १३ वर्षको उमेरमा पहिलो सोलो एल्बम निकालेका थिए ।

निकै विलासितापूर्ण जीवन निर्वाह गर्ने ज्याक्सनलाई बालयौन दुराचारको समेत आरोप लागेको थियो । उक्त मुद्दा मिलाउन ठूलो रकम खर्च गरेका थिए । त्यसका साथै ज्याक्सनले आफूहरूलाई पैसा नतिरेको वा सम्झौताअनुसार कार्यक्रम नगरेको भन्दै विभिन्न व्यक्ति तथा मनोरन्जन कम्पनीले मुद्दा दायर गरेका थिए ।

जसका कारण जीवनको पछिल्लो समय ज्याक्सन आर्थिक अभावबाट गुज्रिएका थिए । द गार्जियनका अनुसार २००९ जुन २५ मा मृत्यु हुँदाका बेला ज्याक्सनले विभिन्न व्यक्ति तथा कम्पनीलाई करिब पाँच सय मिलियन अमेरिकी डलर तिर्नुपर्ने थियो ।

ज्याक्सनको जन्म १९५८ अगस्ट २९ मा अमेरिकाको इन्डियानामा भएको थियो । उनका ‘अफ द वाल’, ‘थ्रिलर’, ‘ब्याड’, ‘डेन्जरस’, ‘इन्भिन्सिबल’ लगायतका एल्बम लोकप्रिय छन् । ज्याक्सनका १० करोड प्रतिभन्दा बढी एल्बम बिक्री भएको बताइन्छ ।

यस्तै आजको दिन भारतमा आजभन्दा ४८ वर्षअघिको १९७५ जुन २५ भारतमा आपत्काल‘ लगाइएको थियो । अंग्रेजबाट स्वतन्त्रता पाएको २८ बर्षमै प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको ‘आपत्काल‘ ले आज पनि चर्चाको विषय बन्ने गरेको छ ।

इन्दिरा गान्धीलाई एक साहसी महिलाको रुपमा भारतमा चिन्ने गरिन्छ । यिनले जीवनमा निकै साहसी काम गरेर विश्वलाई चकित बनाएकी छिन् । इन्दिराले पाकिस्तान फुटाएर विश्वको मानचित्रमा नयाँ देश बंगलादेश बनाइन् भने अर्कोतिर यिनले सिक्किम जस्तो सानो र शान्त राष्ट्रको स्वतन्त्रता खोसेर भारमता विलय गराएकी थिइन ।

गान्धीको नेतृत्वमा रहेको कांग्रेस सरकारको सल्लाहमा राष्ट्रपति फखरुद्दीन अली अहमदले देशमा संकटकाल लगाउने घोषणा गरेका थिए । आपतकालको समयमा नागरिक अधिकार खारेज गरियो र इन्दिरा गान्धीका राजनीतिक विरोधीहरूलाई गिरफ्तार गरिएको थियो ।

अदालतले इन्दिरा गान्धीलाई लोकसभा चुनाव जित्न गलत तरिका अपनाएकोमा दोषी ठहर गर्दै उनको चुनाव रद्द गरिदिएपछि सत्ता गुमाउने डरले इन्दिराले देशमा संकटकाल लगाएकी थिइन् भन्ने भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top