×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पुटिनले प्रिगोजिनलाई नछोड्ने

१२ असार २०८०

१२ असार, एजेन्सी ।
रसियामा शनिबार भएको असफल कू प्रयासपछि धेरैले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन कहाँ छन् भन्ने प्रश्न उठिरहेका बेला उनले सोमबार टेलिभिजन सम्बोधन गरेर सबैको प्रश्नको जवाफ दिएका छन् । पुटिनले आफ्नो सम्बोधनमा वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनलाई नछोड्ने वाचा गरेका छन् ।

साथै, उनले रुसमा असफल कु’ प्रयासलाई समर्थन गर्नेहरुलाई पनि नछोड्ने बताएका छन् । पुटिनले शनिबारको कोलाहललाई ‘देशद्रोह’ भनेका छन् । यससँगै उनले पश्चिमा देशलाई पनि निशाना बनाएका छन् । पुटिनले वाग्नर आर्मीका लडाकुहरूलाई पनि रुसी सेनामा सामेल हुन प्रस्ताव गरेका छन् ।

Advertisement
Advertisement

रक्तपात हुन नदिएको भन्दै धन्यवाद पनि दिएका छन् । पुटिनले असफल विद्रोहको प्रयासमा संलग्न सबैलाई कडा सजायको माग गरेका छन् । पुटिनले ब्ल्याकमेल गर्ने कुनै पनि प्रयास सफल नहुने बताएका छन् । यसैबीच पुटिनले गएको शनिबार भएको विद्रोहमा मारिएका पाइलटप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सम्बोधनमा पुटिनले वाग्नर ग्रुपले रुसी सेनाको लडाकु जहाज खसालेको पुष्टि गर्दै पाइलटले देखाएको देशभक्तिको सम्मान गरेका छन् । फादरल्यान्ड’को रक्षा गर्न एकजुट भएकामा रुसी जनता, सेवाकर्मी, सुरक्षा निकायलाई उनले धन्यवाद दिएका छन् । उनले रुसका शत्रुले देशलाई रक्तपातपूर्ण गृहयुद्धमा फसेको हेर्न चाहेको टिप्पणी गरेका छन् ।

त्यसक्रममा कति पाइलटको मृत्यु भयो वा कति विमान खसालियो भन्नेबारे आधिकारिक जानकारी गराइएको छैन । तर, त्यो दिन १३ पाइलट मारिएको सूचना सार्वजनिक भएको थियो । अर्कोतर्फ प्रिगोजिनले पनि सोमबार आफ्नो बयान जारी गरेका छन् ।

Advertisement

उनले विज्ञप्तिमा आफ्नो विद्रोहको बचाउ गरेका छन् । प्रिगोजिनले ११ मिनेटको अडियोमा भनेका छन् कि उनले वाग्नरको बर्बादी रोक्नको लागि कदम चालेका थिए र आफ्ना ३० लडाकुहरूलाई मार्ने शिविरमा आक्रमणको प्रतिक्रिया भएको बताएका छन् ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top