प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पत्रकार महासंघ मोरङको कार्यालय भन्दा करिब ७ सय मिटर दक्षिण मात्र छ । तर सात सय मिटर दक्षिण रहेको मन्त्रालयले पठाएको पत्र भने पत्रकार महासंघ मोरङको कार्यालयमा आइपुग्न २० दिन लागेको छ । आजको उद्घोष दैनिकमा ‘यस्तो पनि हुँदोरहेछ’ भन्ने शीर्षकमा समाचार छापिएको छ ।
प्रविधिले मानिसलाई सहज बनाएको छ । सात समुन्द्र पारी प्रविधिको प्रयोग गर्दा २ मिनेटमा सन्देश पुग्छ । तर पैदल यात्रा गर्दा १० मिनेटमा पुगिने कार्यालयलाई मन्त्रालयका शाखा अधिकृत केशव खतिवडाले पठाएको पत्र २० दिन पछि मात्र पुगेको हो ।
गत साउन २९ गते कानुन न्याय तथा संसदीय व्यबस्था मन्त्रालयको निर्णय अनुसार मुख्मन्त्री कार्यालयले भदौ १ गतेको नयाँ कानुन लागु भएको अवसरमा आयोजित कार्यक्रममा सहभागितका लागि पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललाई निम्तो पठाइएको थियो ।
तर कार्यक्रम सकिएको १८ दिन पछि अर्थात १९ गतेमात्र पत्र पुगेको हो । कुरियर मार्फत पठाईएको पत्र पत्रकार महासंघ मोरङका कार्यालय सचिव दीपक फुयाँलले बुझेका थिए ।