×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026

प्रधानमन्त्री प्रचण्ड भदौमा चीन जाने

१८ असार २०८०

१८ जेठ, काठमाण्डौ ।
आफ्नो तेस्रो प्रधानमन्त्रीत्वकाल स्मरणदायी र प्रतिफलमुखी बनाउने लक्ष्य बोकेका प्रधानमन्त्री प्रचण्ड दुई छिमेकीलाई रिझाउन पनि त्यतिनै प्रयासरत रहेका छन् ।

गत महिना मात्रै भारतको ४ दिने औपचारिक भ्रमण गरी आफ्नो भ्रमणलाई ऐतिहासिक भ्रमण भएको दावी गर्दै आएका प्रचण्ड अब उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन् ।

Advertisement

प्रधानमन्त्री बनेलगत्तै आफ्नो पहिलो भ्रमण भारत हुने बताएका प्रचण्ड यही अनुशार भारतको भ्रमण गरेपछि अब आगामी भदौ महिनामा उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन्। कैलालीको धनगढीमा सोमबार परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका हुन्।

साउदका अनुसार आगामी सेप्टेम्बर अर्थात् भदौ महिनामा चीन भ्रमणमा जाने गरी प्रधानमन्त्रीको कार्यक्रम तयार भइरहेको छ। ‘प्रधानमन्त्रीजीको चीन भ्रमण पनि हुँदैछ। सेप्टेम्बरमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा केही उपलब्धि हुनेछ’, उनले भने, ‘उत्तरतिर चीन आर्थिक र राजनीतिक रुपमा पनि उदाएको छ।

चीनको विकासको छलाङलाई नेपालमा पनि उपयोग गर्न सक्नुपर्छ।’ साउदले अहिले पनि नेपालले भारतसँग दुईतिहाइ व्यापार गरिरहेको बताएका छन्। ‘सामाजिक र सांस्कृतिक सम्बन्ध पनि छ। पारवहनका लागि चीन र तेस्रो मुलुकबाट हुने व्यापार हिन्द महासागरबाट हुन्छ’, उनले भने, ‘चीन र भारतको उदाउँदो अर्थतन्त्रबाट लाभ लिन सक्छौँ।’

उनले दल विशेषको परराष्ट्र नीति र नेता विषेशको सम्बन्ध भएर नहुने बताउँदै अब सबैलाई स्वीकार्ने परराष्ट्रनीति बनाउने पनि जानकारी दिए। ‘विगतमा केही कमीकमजोरी भएका छन्। अहिले हामी त्यसलाई सच्याएर जाँदैछौँ। सबै दललाई स्वीकार्य हुने परराष्ट्र नीति बनाउँदैछौँ’, उनले भनेका छन् ।

गत जेठ १७ देखि २१ सम्म भएको प्रधानमन्त्रीको भारत भ्रमणमा पनि केही ठूला उपलब्धि भएको उनले दाबी गरे। उनले आफू सोमबारै अजरबैजान जान लागेको पनि बताए। हिजो मात्रै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफ्नो ५ दिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

चीन भ्रमण फलदायी भएको भन्दै श्रेष्ठले क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल भएको र चीन सरकात्मक रहेको बताएका छन् । उनले चीन सरकारसँग सम्झौता भएको बीआरआईको कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको पनि बताएका छन् ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको थियो । अब प्रधानमन्त्रीको भ्रमणमा पनि चीनले बीआरआईको कार्यान्वयनलाई जोड दिनेछ । तर नेपालको दक्षिणी छिमेकी भारत भने नेपालमा बीआरआई कार्यान्वयनको विपक्षमा देखिदै आएको छ ।

Advertisement

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top