कार्यप्रगति २० प्रतिशतभन्दा कम भएका ३६ आयोजनाको लाइसेन्स खारेज गरिने

तीन वर्षअघि विद्युत् विकास विभागबाट उत्पादन अनुमति लिएका तर कार्यप्रगति २० प्रतिशतभन्दा कम भएका आयोजनाको लाइसेन्स खारेज हुने भएको छ।

Advertisement

विभागका महानिर्देशक नविनराज सिंहले ३६ जलविद्युत् आयोजनाको प्रगति विवरण मागिएको र चित्तबुझ्दो जवाफ नआए लाइसेन्स खारेज गरिने बताएका छन् । आजको नागरिक दैनिकमा यो समाचार छ ।

‘आयोजनाको फोटोसहितको प्रगति विवरण मागिएको छ’ उनले भने ‘उचित कारणसहितको विवरण पेश नगर्ने आयोजनाको लाइसेन्स समेत खारोज गर्नेछौं।’

Advertisement

२०७२ साउन ३० भन्दा अगाडि अनुमति लिएका तर प्रगति २० प्रतिशत भन्दा कम गरेका आयोजनालाई भदौ १२ मा पत्राचार गरेको विभागको भनाइ छ।

‘३–४ वर्ष हुँदा पनि आयोजना नबनाउने र लाइसेन्समात्र ओगट्ने कामलाई अन्त्य गर्न त्यस्तो कदम चालिएको हो।’ महानिर्देशक सिंहले भने, ‘चत्तबुझ्दो जवाफ नदिए लाइसेन्स समेत खारेज गर्ने तयारीमा छौं।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top