×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

मोरङसहित ३ जिल्लामा भारी वर्षा, बाढीको त्रास

२९ असार २०८०

२९ असार, काठमाण्डौ ।
पछिल्लो तीन घन्टा सप्तरी, सुनसरी र मोरङमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तरीको बरमझिया, सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैँचा आसपास अति भारी वर्षा भइरहेको छ । यी क्षेत्रमा पछिल्लो तीन घन्टामा १०० मिलिमिटरभन्दा बढी वर्षाको मापन भएको छ।

सप्तरीमा तीन घन्टामा १०८.४ मिलिमिटर र चौबिस घन्टामा १२३.६ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै मोरङमा पछिल्लो तीन घन्टामा ११५.८ मिलिमिटर र चौबिस घन्टामा १५७.२ मिलिमिटर वर्षा मापन भएको छ भने सुनसरीमा पछिल्लो तीन घन्टामा ९७.८ मिलिमिटर र चौबिस घन्टामा १२८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।

अति भारी वर्षा भइरहेका स्थानका साना ठूला नदी आसपास र तटीय क्षेत्रमा अतिउच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । विशेषगरी बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रा लगायत सुनसरी र मोरङका साना ठूला खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम रहेकाले अति उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको र यसको प्रभावले भारीदेखि धेरै भारी वर्षा भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। देशका सानाठूला नदीहरूमा पानीको बहाव दैनिक बढ्दो क्रममा छ । वर्षासँगै बहाव बढेको हो ।

आज केही साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस दिन झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, तनहुँ, स्याङ्जा, पाल्पा, कास्की, पर्वत, बागलुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), कैलाली, कञ्चनपुर र डडेलधुरा भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ ।

यी जिल्ला भई बहने केही साना नदीहरूमा आकस्मिक बाढीको जोखिमको पूर्वानुमान रहेको महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । भोलि तिनाउ र यसका सहायक तथा त्यस आसपास भई बहने साना नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

लगातार परेको पानीसँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको सिसुवाधरमपुर प्रहरी चौकी डुबानमा परेको छ । शुक्रबार बिहान कार्यालयमा बाढी पसेपछि प्रहरीले चौकी छाडेका छन् । भोक्राह नरसिंह गाउँपालिका–८ मा रहेको सिसुवाधरमपुर चौकीमा असई रमेश परियारको नेतृत्वमा ६ जना प्रहरी परिचालित थिए ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले बाढीले चौकी डुबानमा परेपछि प्रहरी विस्थापित भएको बताए । उनका अनुसार बाढीलले प्रहरी परिसरमा ४ फिटसम्म पानी जमेको छ । सबै प्रहरीले हातहतियार, सञ्चार सामग्री तथा बन्दोबस्तका सामानसहित बिहान ५ः५० तिर प्रहरीले चौकी छाडेका छन् ।

बाढीका कारण मोरङ र सुनसरीका दर्जनौं स्थान डुबानमा परेका छन् । मोरङको जहदा गाउँपालिका–३ स्थित भाथीगन्जमा बाढीले घर बगाएपछि ३ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढीले घर–टहरा भत्काउँदा खोला किनारमा बसोबास गर्दै आएकाहरू विस्थापित भएका हुन् । मोरङका बूढी, सिंघिया, लोहन्द्रा, बक्राहा लगायतका खोलामा बाढी आएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top