×

NEPAL TIMES UPDATES

Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026

पुटिन र प्रिगोजिन बीच भएको भनिएको भेट झुटो

२९ असार २०८०

२९ असार, एजेन्सी ।
गत महिना रुस विरुद्ध असफल विद्रोह सुरु गर्ने निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिन कहाँ छन् भन्ने विषयमा विश्वकै चासो बढिरहेको छ । रुसमा विद्रोहपछि पुटिनसँग भएको सहमति, त्यसपछि बेलारुस निर्वासन र बेलारुसबाट फेरि रुस फिर्ता भईसकेको र पुटिनसँग समेत भेट भएको बताइएपनि बाग्नर प्रमुखका विषयमा अमेरिकाले नयाँ खुलासा गरेको छ ।

एक पूर्व अमेरिकी अधिकारीले प्रिगोजिनको या त मृत्यु भईसकेको या त जेलमा रहेको वा लुकेर बसेको बताएका छन् । सेवानिवृत्त अमेरिकी जनरल रोबर्ट अब्राम्सका अनुसार क्रेमलिनले हालै पुटिन र प्रिगोजिनबीच जुन २९ मा भएको भेटघाटको पुष्टि गरेको विषय पनि गलत हो। एक अमेरिकी टेलिभिजनमा उनले यस्तो दाबी गरेका हुन् ।

Advertisement
Advertisement

सो क्रममा उनले नेटो शिखर सम्मेलन र युक्रेनको द्वन्द्व जस्ता विभिन्न मुद्दाहरूमा बोलेका थिए। यस क्रममा उनले वाग्नर समूहको विद्रोहको पनि वर्णन गरेका छन् । अब्राम्सले भनेका छन्, ’मलाई विश्वास छ कि हामीले प्रिगोजिनलाई सार्वजनिक रूपमा फेरि कहिल्यै देख्ने छैनौं।’ उनले थप भनेका छन्, “मलाई लाग्छ कि उनी लुकेर बसेका छन्, वा जेल पठाइएका छन् वा मारिएका छन्।“

प्रिगोजिन जिउँदै रहेको सम्भावनाबारे उनले भनेका छन्, ‘मलाई लाग्दैन उहाँ जिउँदै हुनुहुन्छ र यदि हुनुहुन्छ भने कतै जेलमा हुनुहुन्छ । हालै रुसी राष्ट्रपतिको कार्यालयले क्रेमलिनको तर्फबाट विद्रोहको केही दिनपछि पुटिन र प्रिगोजिनबीच २९ जुनमा भेट भएको बताएको थियो । रुसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यसको पुष्टि गरेका छन् ।

यो भेटलाई उल्लेख गर्दै अब्रामले भने, ’यदि हामी वास्तवमा यो भेटको कुनै प्रमाण देख्न सक्छौं भने म छक्क पर्नेछु, जसले यी दुईको भेट भएको हो भन्ने देखाउनेछ। मलाई लाग्छ बैठकको वार्ता झुटो हो। दिमित्री पेस्कोभले भने राष्ट्रपति पुटिनले वाग्नरको सेनाका कमाण्डर सहित प्रिगोजिनसँग भेट गरेको बताएका थिए।

यस बैठकमा जम्मा ३५ जना सहभागी थिए । पेस्कोभका अनुसार सो क्रममा राष्ट्रपतिले युक्रेनको युद्धमा वाग्नर आर्मीको भूमिकाको प्रशंसा गरेका थिए । उनले यो पनि दावी गरेका छन्, कि पुटिनले वाग्नर कमाण्डरहरूको तर्क सुने र उनीहरूलाई एक पटक फेरि जागिरको प्रस्ताव गरेका छन् ।

Advertisement
Advertisement

प्रिगोजिनले रक्षा मन्त्री सर्गेई शोइगु र जनरल स्टाफ भ्यालेरी गेरासिमोभलाई हटाउन आह्वान गरेपनि अहिलेसम्म दुवै पदमा छन्। हालै यो पनि रिपोर्ट सार्वजनिक भएको थियो कि पुटिनले प्रिगोजिनलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्या गर्ने जिम्मेवारी दिएका थिए।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top