×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

भाइरल बनेको गलफुलो कति दिनमा निको हुन्छ ? उपचार के छ ?

११ श्रावण २०८०

११ साउन, काठमाण्डौ।
गर्मी बढेसंगै बालबालिकाहरुमा गलफुलो(हाडे) को संक्रमण देखिन थालेको छ । विशेषगरि स्कुले बालबालिकाहरुमा यसको संक्रमण बढ्दो देखिएको छ । प्रत्यक्ष सम्पर्क, स्वास प्रस्वासका माध्यमबाट, खोक्दा, बोल्दा मुखबाट निस्किने स–साना पानीका कणको माध्यमले एकबाट अर्कोमा फैलने भएकाले साना बालबालिकाहरु यसको जोखिममा परेका हुन् ।

अहिले बालबालिकाहरुमा जोरो सहित गलफुलोको प्रकोप देखिएको हो । यद्यपी यो आफै संचो हुने भाइरल जोरो भएपनि गलफुलोको उचित ख्याल नपुर्याए यसले अन्य गम्भीर समस्या निम्त्याउन सक्ने बताउँछन् नाक, कान, घाँटी विशेषज्ञ डा. राजिवकुमार शाह ।

Advertisement
Advertisement

डा शाहका अनुसार गलफुलोको जोरो पूर्णरुपमा ठिक हुन ३ देखि ५ दिन लाग्छ । यस्तै गाला सुन्निएको कम हुन ५ दिन र पूरा सुक्न भने १० देखि १४ दिनसम्म लाग्न सक्छ । त्यस्ता बालबालिकालाई चिकित्सकको सल्लाहबमोजिम जारो र दुखाई वा लक्षणअनुसारको औषधी साथै सुन्निएको भागमा आइसले सेकेर, झोलिलो पदार्थ प्रशस्त खुवाएर उपचार गर्न पनि डा.राजिवकुमार शाहले सुझाएका छन् ।

उनका अनुसार एन्टीबायोटिक वा टेप टास्नुले खासै फाइदा हुँदैन । स्वास प्रस्वासको माध्यमबाट यो संक्रमण एक बच्चाबाट अन्य बच्चाहरुमा सर्ने भएकाले संक्रमितलाई १ हप्ताजति स्कूल नपठाई घर मैं आइसोलेसनमा राख्न पनि उनी सुझाउँछन् ।

हाडे वा गलफुलोस ¥याल ग्रन्थीको संक्रमण हो । ¥याल ग्रन्थीको एकातर्फ वा दुवैतर्फबाट सुन्निनु यसको मुख्य लक्षण हो । हाडे आउँदा ज्वरो आउने, भोक नलाग्ने, टाउको दुख्ने, कान र घाटी दुख्ने आदि हुन सक्छ । यो मुख्यतः बालबालिकामा बढी लाग्छ । यो भाइरस माथिल्लो श्वास प्रणालीमा रहन्छ ।

Advertisement
Advertisement

कहिलेकाहीं यो फैलेर अण्डकोष, अण्डग्रन्थी, अग्नाशयलाई समेत प्रभावित पार्न सक्छ । हाडेको संक्रमण सामान्यतया एक व्यक्तिको जीवनमा एकपटक मात्र हुन्छ । यसपछि व्यक्ति जीवनभर यसको प्रतिरोधी (इम्युन) हुन्छ । तर एकपटक हाडे देखिसकिएका व्यक्तिलाई पुनः यो संक्रमण हुँदा भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top