×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

परराष्ट्रले भन्यो, थाइल्याण्ड र म्यानमार नजानु

१३ श्रावण २०८०

१३ साउन, काठमाण्डौ ।
सरकारले सामाजिक सञ्जालमा आउने रोजगारीका ’नक्कली’ विज्ञापनको भ्रममा परेर विदेश नजान आग्रह गरेको छ । विशेषगरि झुटा आश्वासन र प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्तीमार्फत मन्त्रालयले झुटा विज्ञापनकै कारण थाइल्यान्ड हुँदै म्यानमार पुगेर नेपाली कामदाहरूले ’चरम संकट’को सामना गरिरहेको जनाएको छ ।

सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी तथा तलबको प्रलोभनमा म्यानमारको कायिन प्रान्तको म्यावडीमा पुगेका नेपालीहरू अवैध काम गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ । उनीहरूले तलब सुविधा पनि नपाएको जानकारी आएको मन्त्रालयले बताएको छ । “यस्तो प्रलोभनमा परी आउने नेपालीहरूलाई गैरकानुनी रूपमा थाइल्यान्डबाट स्थलमार्ग हुँदै म्यानमारको सो क्षेत्रमा लैजाने र रोजगारदाताले नेपाली राहदानीसमेत जफत गरी दैनिक १२–१३ घण्टासम्म अनलाइन ठगीलगायतका गैरकानुनी काममा लगाउने गरेको बुझिन आएको छ,“ विज्ञप्तिमा भनिएको छ ।

Advertisement
Advertisement

मन्त्रालयका अनुसार यसरी म्यानमारको म्यावडी क्षेत्रमा पुगी बन्धक बनाइएका तथा अलपत्र परेका नेपालीहरूले आफ्नो उद्धारका लागि नेपालस्थित आफन्तजन र नेपाली राजदूतावासहरू बैंकक तथा यांगुनमा सम्पर्क गरेका छन् । “नेपाली दूतावासहरूले स्थानीय सरकारसँग समन्वय गरी केही संख्यामा नेपालीहरूको उद्धार गरिसकेका छन् र थप नेपालीको उद्धारको प्रयास भइरहेको छ ।

तर, म्यानमारको उक्त क्षेत्र द्वन्द्वग्रस्त भएकोले उद्धार गर्नसमेत चुनौती पूर्ण रहँदै आएको छ,“ विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले विदेशमा रोजगारी गर्न जाँदा पर्यटक तथा भिजिट भिसामा नजान पनि आग्रह गरेको छ । कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र विदेश जान आग्रह गरिएको छ ।

Advertisement

“यसरी रोजगारीका लागि विदेश जानुअघि नेपाल सरकारका सम्बन्धित कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूसँग सम्पर्क गरी रोजगारदाता कम्पनी र रोजगारीको बारेमा बुझ्न हुन र आफैँले समेत सम्बन्धित कम्पनी÷रोजगारदाताको बारेमा वेबसाइट÷टेलिफोन÷इमेल मार्फत सम्पर्क गरी जाँचबुझ गर्नहुन अनुरोध गरिन्छ,“ मन्त्रालयले भनेको छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top