रविको सय दिनमा सय रोजगारी

१७ साउन ,काठमाडौं ।

Advertisement

पछिल्लो समय सरकारले अनुशन्धान सुरु गरेको भ्रष्टचार काण्डहरु आफूहरुको दबाबमा खोलिएको अभिब्यक्ति दिएपछि सामाजिक संजालमा ट्रोलका शिकार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहनेका लागि एक सयभन्दा बढी रोजगारको घोषणा गरेका छन् ।

उनका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपालीले छनोट प्रक्रिया मार्फत स्वरोजगार बन्न सक्नेछन् । सभापति लामिछानेले विदेशी पत्रिका तथा चोकहरुमा विज्ञापन गरी इच्छुक नेपालीलाई फ्री टिकटमा फर्किन आग्रह गरेका छन् । उनले लेखेका छन्, ’यी विज्ञापनहरू विभिन्न देशका पसत्रका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन् , छापिँदै छन्।

Advertisement

चुनावमा आफूले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौँ, त्यो पनि ’बिना ढेउवा के’। अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौँ । मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुँदैछ। बोलेका थुप्रै काम (स्टन्ट) बारे आज दिनभरि विभिन्न कार्यक्रम मार्फत जानकारी दिँदैछु।’

 

Advertisement

रविले सामाजिक संजालमा विभिन्न रोजगारीका विज्ञापनहरु नै सार्वजनिक गरेका छन् । सभापति लामिछानेले यसअघि निर्वाचनको समयमा फ्री टिकटको व्यवस्था गरी विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियान चलाउने बताएका थिए । यसैबीच लामिछानेले आज आफू निर्वाचित भएको क्षेत्र चितवन–२ बाट विशेष राहत प्याकेज घोषणा गर्दैछन् ।

मंगलवार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले आफू निर्वाचित भएको सय दिन पुगेको अवसरमा चितवनमा विशेष प्याकेजका कार्यक्रमको घोषणा हुने बताएका थिए । उनले आफ्नो निर्वाचन क्षेत्रलाई देशकै मोडलको रूपमा विकास गर्न लागेको भन्दै नागरिकलाई राहत दिने योजना ल्याइने जानकारी दिएका छन् ।

सभापति लामिछानेले संसद् अवरुद्ध गरेर राजनीतिक निकास ननिस्किने बताए । उनले भने, ‘पछिल्ला घटनाका विषयमा संसद्मा प्रर्याप्त छलफल हुनुपर्छ, सरकार र गृहमन्त्रीले दिने जवाफ चित्तबुझ्दो नभए निकास खोज्नुपर्छ ।’ उनले सुन प्रकरणका विषयमा आवश्यकताका आधारमा उच्चस्तरीय छानबिन समिति र संसदीय समिति बनाउन सकिने बताए ।

रास्वपाले संसद्को बैठकमार्फत सरकारलाई प्रश्न गर्न चाहेको भन्दै उनले सबै कुरा संसद्मै छलफल हुनुपर्ने धारणा राखेका छन् । सुनकाण्डमा मिलेमतो देखिए पनि को–कसको मिलेमतो छ भन्ने कुरा निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ । सरकारका काम शुरूआतमा राम्रो भएको तर गतिविधिमा शंका उत्पन्न भएको भन्दै उनले मन्थन गर्ने, प्रश्न र जवाफ माग्ने र टेबल ठोक्ने ठाउँ संसद् मात्रै भएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top