केएमसीमा हेमोफिलिया भएकी बालिकाको जटिल शल्यक्रिया

२२ साउन ८०, मंगलबार

२३ साउन,काठमाडौं ।
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा हेमोफिलिया रोगबाट पीडित एक बालिकाको जटिल शल्यक्रिया गरिएको छ । काठमाडौंको शान्तिनगरकी ९ वर्षीया निधी भट्टराईको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।

हेमोफिलिया भनेको रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो । यस्तो समस्या भएका व्यक्तिमा कुनै चोटपटक लाग्दा रगत रोकिन धेरै समय लाग्ने र अत्याधिक रगत बग्ने गर्छ । जसका कारण अप्रेसन गर्न जोखिम हुने भएकाले अन्य अस्पतालले उनको शल्यक्रिया गर्न मानेका थिएनन् ।

तर, केएमसीका बाल सर्जन डा.आशिषलाल श्रेष्ठ नेतृत्वको चिकित्सकहरूको टोलीले ल्याप्रोस्कोपी प्रविधिबाट उनको सफलतापूर्वक शल्यक्रिया गरेको हो । ‘फेमोफिलियाका कारण अप्रेसन गर्दा रगत नरोकिने भएकाले यो केस निकै च्यालेन्जिङ थियो,’ डा.श्रेष्ठले भने, ‘तर, हामीले जोखिम मोलेर भएपनि सफलतापूर्वक अप्रेसन गरेका छौं, अहिले उनको अवस्था सामान्य भइसकेको छ ।’

जोखिमपूर्ण अप्रेसन सफल भएपछि बिरामी र बिरामीका आफन्त हर्षित छन् । अन्य अस्पतालले अप्रेसन गर्न नमानिरहेका बेला केएमसीले सफलतापूर्वक अप्रेसन गरेर छोरीको ज्यान बचाएको भन्दै बिरामी बालिकाकी आमा मच्चिता अर्याल भट्टराईले खुशी व्यक्त गरिन् । दक्ष चिकित्सक र अत्याधुनिक उपकरण भएकाले केएमसीमा जटिल तथा दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top