नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

२६ साउन,एजेन्सी।
नेपालका दुई छिमेकी भारत र चीनले वर्षाैदेखि विभिन्न आयोजनाहरु निमार्ण गर्दै आएका छन् । ऋण लगानी र अनुदानका आयोजना बनाउन दुई देश बीच नै प्रतिस्पर्धा देखिदै आएको छ । यसको मुख्य उद्धेश्य भनेको चाँही नेपालमाथि आफ्नो प्रभाव बढाउनु नै रहेको कुटनैतिज्ञहरुले बताउने गरेका छन् । पछिल्लो समय भारत र चीन नेपालको संघीय राजधानीसम्म रेल सेवा ल्याउने योजनामा जुटेका छन् ।

Advertisement

दक्षिण छिमेकी भारतले रक्सौल–काठमाडौं रेलमार्गको अन्तिम लोकेशन सर्वे नेपाललाई हस्तान्तरण गरेको छ । चीनले पनि नेपालको राजधानीलाई आफ्नो रेलमार्गसँग जोड्ने प्रयासलाई तीव्र पारेको छ । चीनले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेको छ । यसलाई नेपालमा आफ्नो प्रभाव बढ्दै गएको विज्ञहरुले बताएका छन् ।

भारत यस मामिलामा चीनलाई पछि पार्न नेपाललाई आफ्नो विस्तृत परियोजना प्रतिवेदन बुझाएको छ । भारतले बुझाएको प्रतिवेदनका बारेमा अहिले अन्तिम स्थान सर्वेक्षण प्रतिवेदन अध्ययन गरिरहेको नेपाल रेलवे विभागले जनाएको छ । केरुङ–काठमाडौं रेलमार्गको कुरा गर्दा रेल विभागका अधिकारीहरुका अनुसार चीनको प्राविधिक टोलीले स्थलगत सर्वेक्षण गरिरहेको छ ।

Advertisement

मार्चदेखि चिनियाँ टोलीले सो क्षेत्रमा सर्वेक्षण गरिरहेको छ । फिल्ड सर्वेक्षण लगभग सकिएको छ। चिनियाँ टोलीले हवाई सर्वेक्षण, नक्साङ्कन, भूवैज्ञानिक सर्वेक्षण, विशेष प्राविधिक अध्ययन, स्थलगत सर्वेक्षण, निर्माण स्थिति अध्ययन र इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार गर्नेछ।

रेलवे विभागका अनुसार गत वर्षको डिसेम्बरको अन्त्यमा चाइना रेलवे फर्स्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्युट ग्रुपको प्रतिनिधित्व गर्दै चीनबाट आएको टोलीले नेपाल भ्रमण गरी रेलमार्ग आयोजनाको अनुगमन गरेको थियो । यो रेल परियोजनाको पहिलो सर्वेक्षण हो। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चीन भ्रमणका क्रममा दुवै पक्षले सीमापार रेलमार्ग निर्माणका विषयमा अधिकारीहरुबीच सूचना आदानप्रदान गर्ने सहमति भएको थियो।

Advertisement

भारत कुनैपनि हालतमा नेपालमा आफ्नो प्रतिद्वन्द्वी चीनको प्रभाव बढाउन चाहादैन । नेपालको दुई तिहाइ व्यापार भारतसँग र तेस्रो मुलुकसँगको अधिकांश व्यापार भारतको भूभागबाट हुने गरेको छ । उसले नेपाललाई सुरक्षाको दृष्टिकोणबाट समेत निक्कै महत्वका साथ हेर्ने गरेको छ ।

चीनबाट केरुङ्ग हुँदै पोखरा भएर लुम्बिनी र भारतबाट कृष्णनगर नजिकको बढनी हुँदै हेटौडा भई काठमाडौंसम्म रेल पु¥याउने योजना रहेको छ । पछिल्लो समय रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग निर्माण गर्न भारतले चासो देखाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top