×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

जनमत पार्टी सरकारमा सहभागी हुँदै / माओवादीका कुन–कुन मन्त्रीको पद धराप ?

२७ श्रावण २०८०

२७ साउन,काठमाण्डौ ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ । सम्भवतः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार जनमतबाट मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । सत्तारुढ गठबन्धनबीच हाल माओवादी केन्द्रले सम्हालेको कोटाबाट जनमतलाई मन्त्री बनाउने सहमति असार अन्तिम साता नै भएको थियो ।

माओवादीबाट हाल ६ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन् । जनमत पार्टीले मन्त्रीमा अनितादेवी साहको नाम २६ असारमै प्रधानमन्त्री प्रचण्डलाई बुझाएको थियो । तर, २७ असारको बिहानै प्रधानमन्त्री पत्नी सीताको निधन भएपछि साह मन्त्रीमा नियुक्त हुन सकेकी थिइनन् ।

Advertisement
Advertisement

जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरेको थियो । दुईमध्ये कुनै पनि नपाएपछि जनमतले गत पुसमा सरकारबाट बाहिरिएको थियो । सरकार छाडेको करिब चार महिनापछि जनमत फेरि सरकारमा सहभागी हुन लागेको हो । जनमत सरकारमा आउने भएपछि माओवादीका दुई मध्ये एक मन्त्रीलाई बिदाई गर्ने तयारीमा प्रधानमन्त्री छन् ।

संघीय मामिलामन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती एकलाई हटाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ। मोदी र किराती दुवैको कार्यशैलीप्रति प्रधानमन्त्री प्रचण्ड सुरुदेखि नै सन्तुष्ट छैनन् । मोदीले आफूलाई मन्त्री नदिए पार्टी छाड्ने धम्की दिएर पद हात पारेका थिए ।

उनीमाथि कर्मचारी सरुवामा आर्थिक चलखेल गर्ने गरेको आरोप लाग्दै आएको छ । कर्मचारी वृत्तबाटै पटकपटक सरुवामा चलखेल गरेको र मन्त्रीको मर्यादा नराखी बोल्ने गरेको गुनासो सुनेपछि प्रधानमन्त्री मोदीलाई हटाउने मनस्थितिमा थिए । तर, हटाउने भनिएकै दिन पत्नीको निधन भएकाले तत्कालका लागि उनको पद जोगिएको थियो ।

Advertisement
Advertisement

किरातीले पनि काम भन्दा हल्ला बढी गरेको निष्कर्ष बालुवाटारको छ । तर, मोदीको जसरी आर्थिक चलखेलमा किरातीको नाम भने मुछिएको छैन । यस्तै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउन पनि प्रधानमन्त्रीलाई चर्को दवाव छ । सत्तारुढ कांग्रेस र एमालेले पनि श्रेष्ठलाई हटाउन भनिरहेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top