विद्यादेवी भण्डारी राजनीतिमा फर्किए एमाले फुट्छ ?

२८ साउन, काठमाण्डौ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउँन लागेको र यसका लागि एमालेका नेताहरुले उनलाई भेटिरहेको चर्चा चलिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसबारे प्रष्टीकरण दिएका छन् । आज पार्टीको पछिल्लो समसामयिक धारणा सार्वजनिक गर्न गरिएको विशेष पत्रकार सम्मेलनमा पत्रकारहरुले गरेको प्रश्नको जवाफ दिँदै ओलीले यस्ता हल्लाहरुलाई मलजल गर्न नहुने बताएका छन् ।

अर्कातिर भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको निर्वाचित उपाध्यक्ष भएको उनले जिकिर गरे । उनले एमालेको तर्फबाट राष्ट्रपति बनेको र पूर्व एमाले उपाध्यक्ष भएको कारण पनि राष्ट्रपतिबाट बाहिरिएपछि नेताहरुले भेट्नु सामान्य भएको बताए । उपाध्यक्ष विष्णु पौडेलले भेटेको बारे पत्रकारले सोधको प्रश्नमा ओलीले राजनीतिज्ञको रुपमा आफुले पनि भेटेको बताएका छन् ।

‘हामी मध्ये कसैले भेट्नु, कुरा गर्नु ठूलो कुरा होइन नि । विष्णु पौडेलजीले मात्र होइन, मैले पनि कुरा गरेको छु, अरुले पनि कुरा गर्नु भएको छ’ उनले भने, ‘यस्तो विषयलाई कार्ड छपाएर लिएर जानु भयो रे त, पार्टीमा आइदिनुपर्यो भनेर निम्ता गर्नुभयो भन्ने यो खालको प्रयासहरुलाई मलजल नगर्दा राम्रो हुन्छ ।’ ७ वर्ष लामो राष्ट्रपतिको भूमिका निर्वाह गरेर रिर्टायड बनेकी भण्डारी पछिल्लो समय एमालेको राजनीतिमा फर्किने चर्चा चल्ने गरेको छ ।

Advertisement

विभिन्न कार्यक्रममा बोल्दै एमाले नेताहरुले मात्र हैन स्वयं पूर्व राष्ट्रपति भण्डारीले पनि राजनीतिमा फर्किने संकेत गरिसकेकी छन् । एमालेमा रहेका दोस्रो तहका नेताहरु डा.विमला राई पौड्याल,कर्णबहादुर थापा,विष्णु पौडेल, शेरधन राई, विष्णु रिमाल, सुजिता शाक्यलगायत भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा ल्याउने र पार्टी अध्यक्ष बनाउँदै देशकै पहिलो महिला प्रधानमन्त्री बनाउनेगरि लागेको चर्चा चल्ने गरेको छ ।

तर आज ओलीले यो प्रसंग जोडेर एमालेभित्र समस्या ल्याउन सकिन्छ कि भन्ने कोसिस फेरि भएको पनि जनाएका हुन् । उनले भने, ’हाम्रो पार्टीभित्र कुनै समस्या आउँछ कि, ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ,’ ’पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि उहाँ हुनुहुन्छ र फेरि त्यो भन्दा अगाडि नजिकको मित्र हो । हाम्रो पार्टीको उपाध्यक्ष हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व हो ।

Advertisement

हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरै होइन ।’ एमालेलाई एकताबद्ध गरेर लगेको बेलामा हल्लाका पछाडि नलाग्न अध्यक्ष ओलीको भनाइ थियो । एमालेलाई विभाजन गर्न ठूलठूला प्रयास हुँदा पनि नसकेको अवस्थामा अहिले भएका हल्लाले केही प्रभाव नपर्ने उनले बताए ।

’कसले पो भन्यो अरे ओली रहने हो भने पार्टी टुक्रा टुक्रा हुन्छ भनेर । यस्ता हल्लाका पछाडि, दुनियाँ लाग्दाखेरि एमालेलाई सकेन, अब कल्ले भन्या कुरा !’ उनले भने । २०७९ फागुन २८ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी निजी निवासमा बस्दै आएकी छन् । उनी सामाजिक र राजनीतिक भेटघाटमा सक्रिय रहेकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top