विराटनगर, भदौ २२
जिल्ला समन्वय समिति मोरङले आफ्नो आम्दानीको रु १७ करोड जिल्लाका १७ स्थानीय निकायलाई वितरण गरेको छ ।
जिल्ला समन्वय समितिको दोस्रोसभा बैठकले गत आवमा ढुङ्गागिटीबाट आम्दानी भएकामध्ये उक्त रकम १७ वटा स्थानीय निकायलाई रु एक/एक करोड दरका रुपले वितरण गरेको समितिका प्रमुख नरेश पोखरेलले जानकारी दिए ।
जिल्ला समन्वय समितिले गत आव २०७४/०७५ मा जिल्लाका खोला नालाको ढुङ्गागिटीको ठेक्काबापत कूल रु २५ करोड ३१ लाख २३ हजार ८१५ आम्दानी गरेको थियो ।
जिल्ला समन्वय समिति मोरङले २०७५/०७६ का लागि रु पाँच करोड ८६ लाख ७६ हजार ५०० को अनुमानित आयव्यय पारित गरेको छ ।
रासस