जिल्ला समन्वय समिति मोरङद्धारा स्थानीय तहलाई सत्र करोड वितरण

२२ भदौ ७५, शुक्रबार
Share this
745shares

विराटनगर, भदौ २२
जिल्ला समन्वय समिति मोरङले आफ्नो आम्दानीको रु १७ करोड जिल्लाका १७ स्थानीय निकायलाई वितरण गरेको छ ।

Advertisement

जिल्ला समन्वय समितिको दोस्रोसभा बैठकले गत आवमा ढुङ्गागिटीबाट आम्दानी भएकामध्ये उक्त रकम १७ वटा स्थानीय निकायलाई रु एक/एक करोड दरका रुपले वितरण गरेको समितिका प्रमुख नरेश पोखरेलले जानकारी दिए ।

जिल्ला समन्वय समितिले गत आव २०७४/०७५ मा जिल्लाका खोला नालाको ढुङ्गागिटीको ठेक्काबापत कूल रु २५ करोड ३१ लाख २३ हजार ८१५ आम्दानी गरेको थियो ।

Advertisement

जिल्ला समन्वय समिति मोरङले २०७५/०७६ का लागि रु पाँच करोड ८६ लाख ७६ हजार ५०० को अनुमानित आयव्यय पारित गरेको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top