पारवहनमा भारतको एकाधिकार ताेडियो, नेपालले चीनका सात बन्दरगाह प्रयोग गर्न पाउने

काठमाडौं,भदौ २२
नेपालले चीनका ७ वटा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । पारवहन सम्झौताका लागि तयार प्रोटोकलको मस्यौदाले अन्तिम रुप पाएको छ । बिहीबार मध्यरातमा मन्त्रालयले विज्ञप्ती जारी गर्दै उक्त मस्यौदाको अन्तिम रुप दिएको घोषणा गरेको हो ।

चीनले प्रोटोकललाई अन्तिम रूप दिएपछि नेपाललाइ बन्दरगाहमार्फत् तेस्रो मुलुकसँग कारोबार गर्न बाटो खुलेको छ । यसले भारतसँगको एकाधिकारको पनि अन्त्य हुनेछ ।यसबाट चिनियाँ भूभागअन्तर्गतको समून्द्रसम्म पारवहन अधिकार पाउने सुनिश्चित भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव तर्कराज भट्टले जानकारी दिए । उनका अनुसार नेपालले चीनका चार सामून्द्रिक र तीन सुख्खा बन्दरगाह प्रयोग गर्न पाउनेछन् ।

तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने तियानजिन, सेन्चेन, लियानकाङ, चानछ्याङ लगायतका खुला सामुन्द्रिक बन्दरगाह तथा लाचाओ, ल्हासा, सिगात्से लगायतका सुख्खा बन्दरगाहहरु प्रयोग गर्न पाउने प्रोटोकलमा उल्लेख छ । साथै ती बन्दरगाहहरुबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सार सम्बन्धी प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया लगायतका पारवहन सम्बन्धी विविध विषयहरु टुंगो लागेको छ ।

Advertisement

२०१६ मा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका क्रममा नेपाल–भारत पारवहन सम्झौता भएको थियो । भदौ १९–२१ मा काठमाडौंमा बसेको परामर्श बैठक नेपाल र चीन पक्ष दुवैले मस्यौदाले अन्तिम दिएको हो। अब पारवहनमा भारतसँगको परनिर्भरता तोडिने निश्चित छ ।

तियान्जिन बन्दरगाह काठमाडौंबाट तीन हजार ५०० किलोमिटरको दूरीमा छ । जुन चीनका अन्य बन्दरगाहको तुलनामा नेपालबाट सबैभन्दा नजिक हो । तियान्जिन चीनको राजधानी बेइजिङबाट पनि नजिकको दुरीमा रहेको छ । यद्यपि सिगात्सेदेखि तियान्जिङसम्म सोझै रेलमार्ग जोडिएको छैन ।

Advertisement

अहिले नेपालले तेस्रो मुलुकसँगको करिब ९९ प्रतिशत व्यापारमा भारतीय रुट प्रयोग गर्दै आएको छ । चीनसँग बन्दरगाह प्रयोगको प्रोटोकलमा सहमति भए अन्तर्राष्ट्रिय व्यापारमा भारतीय रुटमाथि निर्भर हुनुपर्ने बाध्यता घट्नेछ ।

लामो समयदेखि नेपालले भारतको कोलकातालाई अन्तर्राष्ट्रिय बन्दरगाहका रूपमा प्रयोग गर्दै आएको छ । समय बखतमा नाकाबन्दी, बाढी तथा भारतीय नीतिमा आउने परिवर्तनले सामान आयात–निर्यातमा ठूलो समस्या देखा परेको छ । यसले गर्दा ठूला पानीजहाजबाट सिंगापुर, श्रीलंका र हङकङमा अर्को जहाज फेर्नुपर्ने बाध्यता छ । यसको विकल्पस्वरूप भारतको विशाखापटनम बन्दरगाह प्रयोगको सम्झौता गरेको थियो ।(विकास न्युजबाट)

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top