×

NEPAL TIMES UPDATES

Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026
Playing
आमिर अख्तरको घोषणा ः राखेपको पहलपछि क्यानविरुद्धका मुद्दा फिर्ता || Nepal Times
May 19, 2026
Playing
World News:अमेरिकालाई क्युबाले दियो रक्तपातको चेता*वनी, ट्रम्पलाई इरानबाट शान्तिको आश|| Nepal Times
May 19, 2026
Playing
नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग, कृष्णले भने छानविन हुन्छ || Nepal Times
May 19, 2026
Playing
नेपालको ग्रीन इकोनोमी : ४ अर्बको कमाइ भइसक्यो अझै छ अवसर || Nepal Times
May 19, 2026
Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026

जिम्बाबेको राष्ट्रपतिमा फेरि एमर्सन

१० भाद्र २०८०

१० भदौ, एजेन्सी ।
जिम्बाबेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरेपछि उनी दोस्रो कार्यकाल (५ वर्ष)का लागि पुनः निर्वाचित भएको जिम्बाबे निर्वाचन आयोग (जेडइसी) ले शनिवार घोषणा गरेको हो । जेडइसी अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३—२४ को चुनावमा मनाङ्गाग्वाले अन्य १० जना राष्ट्रपतिका प्रतिद्वन्दीलाई पराजित गरेको बताए ।

मनाङ्गाग्वाका प्रमुख प्रतिष्पर्धी र विपक्षी सिटिजन्स फर कोएलिशन चेन्ज (सीसीसी) का नेता नेल्सन चामिसाले वैध मतको ४४ प्रतिशत मत प्राप्त गरेको चिगुम्बाले बताए । जिम्बाबेको कानूनअनुसार राष्ट्रपति हुनका लागि कुल वैध मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । जिम्बाबेका जनताले बुधवार र बिहीवार नयाँ राष्ट्रपति, संसदका सदस्य र स्थानीय सरकारका प्रतिनिधि छान्न मतदान गरेका थिए ।

Advertisement
Advertisement

जेडइसीका अनुसार मनाङ्गाग्वाको सत्तारुढ जानुपीएफ पार्टीले संसदीय सिटको बहुमत हासिल गरेको छ । यसैबीच अफ्रिकन युनियन (एयु) र महाद्वीपका अन्य क्षेत्रीय निकायहरुले शुक्रवार शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा जिम्बाबेको प्रशंसा गरेका छन् । यस हप्ताको आम निर्वाचनपछि एयु, पूर्वी र दक्षिण अप्रिmकाका लागि साझा बजाउर (कोमेसा) र दक्षिण अप्रिकी विकास समुदाय (एसएडिसी) का पर्यवेक्षकहरुले शान्तिपूर्ण निर्वाचन गर्न सफल भएकोमा प्रशंसा गरेका हुन् ।

Advertisement

त्यस्तै राष्ट्रमण्डल पर्यवेक्षक समूहकी अध्यक्ष अमिना मोहम्मदले चुनावको दिन शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकोमा प्रंशसा गरिन् । निर्वाचनमा महिला र युवाहरु बढी देखिएको बताइन् । उनले युवा र महिला बढी देखिनुले जिम्बाबेवासी आफ्नो आवाज स्वतन्त्र गर्न र देशमा चलिरहेको लोकतन्त्रमा योगदान गर्न इच्छुक रहेको प्रमाण भएको जनाएकी छिन् । ५ वर्षअघि ९४ वर्षीय तत्कालीन राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट हटाएर तत्कालीन उपराष्ट्रपति मनांगाग्वा राष्ट्रपति बनेका थिए । यसबाट रुष्ट मुगाबेले आफ्नै पार्टी जानु पीएफका उम्मेदवार मनांगाग्वालाई चुनावमा नसघाएर विपक्षी उम्मेदवार चमिसालाई समर्थन गरेका थिए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top