×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

महराका बाबुछोरामाथि पनि अनुशन्धान गर्न आदेश

११ भाद्र २०८०

११ भदौ, काठमाण्डौ ।
विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोरामाथि छानबिनको तयारी गरिएको छ । यो प्रकरणमा कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि अनुसन्धान गर्न प्रहरीलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यो प्रकरणको अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ । सो प्रतिवेदनमा यो सुन ल्याउने चिनियाँ नागरिकसँग महरा बाबु–छोराले पटक–पटक सम्पर्क गरेको खुलेको उल्लेख गरिएको छ । २०७९ पुस १० मा दुबईबाट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराहरूको सम्पर्क देखिएको थियो ।

Advertisement
Advertisement

केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर, उनीहरूसँग बयानसमेत लिइएको छैन । त्यसैले जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि पनि अनुसन्धान गरी पूरक प्रतिवेदन ल्याउन निर्देशन दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले थप अनुसन्धान गरी प्रतिवेदन दिन सीआईबीलाई भनेको बताए । उनले भने, ‘अनुसन्धानको बाटो खुला राखेका छौँ । सीआईबीबाट थप कुरा आएको छैन ।’ महराका बाबु–छोराको यो प्रकरणमा संलग्नता रहेको भन्दै सार्वजनिक रूपमै प्रश्न उठिरहेको छ । यो विषयमा संसदमा मात्र नभएर सत्तारुढ पार्टी माओवादी केन्द्रमा पनि उठिरहेको छ ।

Advertisement

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकमा गलत भए नेताहरूमाथि पनि अनुसन्धान हुने बताएका थिए । तर, पनि हालसम्म महरा बाबु–छोरामाथि अनुसन्धान भएको छैन । महरा बाबु–छोराले भने आफूहरूको यो प्रकरणमा कुनै संलग्नता नरहेको दाबी गरिरहेका छन् । कृष्णबहादुर महराले त चिनियाँ नागरिकलाई फलफूल व्यापारीका रूपमा मात्र चिनेको बताएका छन् ।

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top