जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो, सुनामीको खतरा भने छैन

२२ भदौ ७५, शुक्रबार

टोकियो, २२ भदौ
उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार गएको ६।६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्या १८ पुगेको अधिकारीहरूले जनाएका छन् ।शुक्रबार जापानबाट प्राप्त समाचारमा यस भूकम्पबाट भवन भत्किएर र भूस्खलनमा परी १८ जनाको ज्यान गएको र अझै पनि अरू करिब २२ जना स्थानीय नागरिक बेपत्ता भएको जनाइएको छ ।

Advertisement

गत साता होक्काइदो वरपर शक्तिशाली आँधी पनि आएको थियो । त्यस आँधीले पनि जनधनको ठूलो क्षति भएको थियो ।अधिकारीहरू उद्धार कार्यमा खटिरहेका समाचारमा जनाइएको छ । क्षतिको पूर्ण विवरण आइसकेको छैन । सरकारी निकायले सुनामीको भने डर नरहेको बताएका छन् ।

यस द्वीपका अधिकांश भू–भागमा विद्युत्सेवा र रेलसेवा चलेको छैन । आँधीले विच्छेद गराएको विद्युत् सेवा पुनः शुरु भएपछि भूकम्प गएको अधिकरीहरूले बताएका छन् ।भूकम्पबाट दर्जनौँ घर ध्वस्त भएका र अरू धेरै घरमा आंशिक क्षति पुगेको बताइएको छ । भूकम्प प्रभावित इलाकाका स्थानीय बासिन्दालाई राहात उपलब्ध गराइएको छ । बढी प्रभावित केही व्यक्तिलाई हेलिकोप्टरबाट समेत उद्धार गरिएको छ ।

Advertisement

यस भूकम्पबाट कम्तीमा पनि १६ लाख नागरिक प्रभावित भएका छन् । तर शुक्रबारसम्म यो सङ्ख्या आधा जति घटेको र ती नागरिकलाई विद्युत् र खानेपानी उपलब्ध गराइएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।सो द्वीपमा उद्वारका लागि करीब २० हजार उद्धारकर्ता परिचालित भएका सरकारका प्रवक्ता योसिहिदे सुगाले बताउनुभएको छ । उद्धार कार्यमा हजाराँैको सङ्ख्यामा सैनिक पनि परिचालन गरिएको छ ।

सन् २०११ को मार्च ११ मा जापानमा आएको विनाशकारी ९।० रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी निकै ठूलो जनधनको ठूलो क्षति भएको थियो । सो सुनामीबाट करीब १९ हजार नागरिकको ज्यान गएको थियो ।
रासस÷एएएफपी

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top