कंगोमा शान्ति भंग, कस्तो छ शान्ति सैनिकको अवस्था ?

कंगोमा शान्ति भंग, कस्तो छ शान्ति सैनिकको अवस्था ?

१५ भदौ,एजेन्सी ।
कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डिआरसी) मा बुधवार संयुक्त राष्ट्रसंघबिरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ । कङ्गोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकबिरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए।

शुरुमा करिव १० जनाको मृत्यु भएको बताइएको थियो । सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्तावेजमा मारिने प्रहरीसहित ५० जनाको मृत्यु भएको र ७५ जना घाइते भएको उल्लेख छ ।

उक्त आक्रमणका क्रममा धेरै धारिला हतियारहरू जफत गरेको र सम्प्रदायका नेता सहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीहरूले बताएका छन् । त्यस्तै अर्का एक सवारी चालकले अहिले पनि शहरमा गतिविधि ठप्प रहेको बताएका छन् ।

उनले प्रदर्शन गर्न मात्र पुगेका प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेको बताएका छन् । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भाग तीन दशकदेखि सशस्त्र लडाकूको हिंसाको चपेटामा परेको छ । जुन सन् १९९० र सन् २००० को दशकमा भड्किएको क्षेत्रीय युद्धको विरासत हो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली सैनिक पनि शान्ति स्थापनार्थ कंगोमा रहेका छन् । नेपाली सेनाको शान्ति मिसनले अफ्रिकी मुलुक कंगोमा विकास निर्माणको काममा पाएको सफलताको उच्च प्रशंसा हुने गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.