×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बालेनले हटाए विवादित स्टाटस

१८ भाद्र २०८०

१८ भदौ, काठमाण्डौ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले ‘सिंहदरबारमा आगो लगाउने तथा चोर सरकार भन्ने ’ विवादित स्टाटस सामाजिक सञ्जालबाट हटाएका छन् । चौतर्फी आलोचनापछि शाहले उक्त स्ट्याटस हटाएका हुन् । शनिबार साँझ आफ्नो पत्नी सवार सवारीलाई ट्राफिक प्रहरीले चेकिङका क्रममा रोकेपछि आक्रोशित बनेका शाहले अब आइन्दा आफ्नो गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए ।

यो अभिब्यक्तिको पक्षसहित विपक्षमा समेत प्रतिक्रिया आएका थिए । एक जिम्मेवार ओहदामा बसेको व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै शाहको आलोचना भएको थियो । विवादित बनेपछि मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले आइतबार विज्ञप्ति जारी गर्दै शनिवार बेलुका सुत्केरी अवस्थामा रहेकी सबिना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडी प्रयोग गरेको प्रस्टीकरण दिएका छन् ।

Advertisement
Advertisement

बालेनको सचिवालयका अनुसार सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र उनकी धर्म पत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौँ महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर सबिना काफ्ले अस्पताल गएको उल्लेख छ । ‘नगर प्रमुख सहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो ।

प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे’, वालेनको सचिवालयले भनेको छ, ‘सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ढोका खोल, के हो ? कहाँ हो ?

Advertisement

यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो ।’ बालेनका यसअघिका स्टाटस पनि विवादमा पर्ने गरेका थिए । तर उनले आफ्ना स्टाटसहरु विरलै हटाउने गरेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top