सरकारले जग्गा दिए बालेनले रंगशाला बनाउने

१९ भदौ, काठमाण्डौ ।
एसिया कप अन्तर्गतको नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले त्यहाँको जस्तै क्रिकेट मैदान काठमाडौंमा बनाउन सकिने बताएका छन् । उनले सरकारले जग्गा उपलब्ध गराए क्रिकेट स्टेडियम बनाउन काठमाडौं महानगरपालिकाले पहल लिने बताएका हुन् ।

Advertisement

बालेनले त्यहाँ भएकै स्तरको रंगशाला बनाउन ८०–९० करोड लाग्ने र जग्गा उपलब्ध भए काठमाडौं महानगरपालिकाले बनाउने बताएका हुन् । ‘फ्यानका रूपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा त्यहाँका अध्यागमनको कर्मचारीको प्रश्न थियो– यति धेरै नेपालीहरू एक्कासि श्रीलंका किन आइरहेका छन?

श्रीलंकाको अध्यागमन चकित पर्ने गरिको संख्यामा नेपालीहरू त्यहाँ पुग्दै थिए,’ उनले फेसबुकमा लेखेका छन्, ‘त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०–५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरूको संख्या १५ सय देखि दुई हजारको बीचमा थियो। नेपाली क्रिकेट फ्यानहरू विभिन्न देशबाट श्रीलंका पुगेका थिए ।

Advertisement

अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरूको मात्रै खर्च ३० करोड पुग्यो होला।’ मेयर शाहले श्रीलंकाको स्टेडियम पनि त्रिविको जस्तै भएको बताएका छन्। ‘केही प्यारापिट र अलि बढी सुविधा थियो। नेपालमा त्यही स्तरको रंगशाला जग्गा बाहेक ८०–९० करोडमा नै बन्छ सायद,’ उनले लेखेका छन्, ‘यसैले नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक एक सय रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं।

यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ। र, एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ।’ तल्लो तहका सिकाइ सुविधाका लागि महानगरका वडापिच्छे बलिङ नेट राख्न थालिएको पनि बताएका छन् । अहिले काठमाडौंमा क्रिकेटका लागि २ वटा रंगशालाले अन्तराष्ट्रिय मान्यता पाएका छन् । त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा अन्तराष्ट्रिय प्रतियोगिताहरु आयोजना हुँदै आएका छन्।

Advertisement

तर भएका ती रंगशालामा पनि डिजिटल स्कोर बोर्ड ,फ्लड लाइट तथा आवश्यक प्याराफिट लगायतका पूर्वाधार बन्न सकेका छन् । चालु आर्थिक वर्षको बजेटमा सरकारले त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको मैदानमा आवश्यक पूर्वाधार निमार्णका लागि प्राथमिताका राखेको छ ।

यसअघि फागुनमा टीयु क्रिकेट मैदानमा भएको आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत युएईविरुद्धको अन्तिम खेलमा फ्ल्ड लाइट नहुँदा नेपालले जित हासिल गरेको उक्त खेलको नतिजा विवादास्पद समेत बनेको थियो ।

त्रिवि मैदानमा दर्शकहरुले रुखमा चढेर प्रतिक्रिया हेरेको तथा स्कोर बोर्ड र फ्ल्ड लाइटको समेत अभाव रहेको वास्तविकता अन्तराष्ट्रिय स्तरमै बाहिरिएपछि तत्कालै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवश्यक पुर्वाधार निमार्णमा प्राथमिता दिने प्रतिवद्धता जनाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top