७० करोड घोटाला काण्ड: १२ लाखको लोभमा यसरी फसे २ उपसचिवसहित ६ कर्मचारी

२२ भदौ ७५, शनिबार

काठमाडौं,भदौ २२
शंकर इलेक्ट्रोनिक्स कम्पनीको ७० करोड रूपैयाँ घोटाला काण्डका आरोपित ६ जना कर्मचारी सहित १४ जना विरुद्ध मुद्दा दायर हुने भएको छ । नेपाल प्रहरीको केन्द्रिय अपराध अनुसन्धान महाशाखा (सीआइबी) ले आइतबार १४ जना आरोपित व्यक्तिहरु विरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको हो । मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर हुनेछ ।

१२ लाख रूपैयाँको चक्करमा पर्दा कम्पनी रजिष्ट्रार कार्यालयका ६ जना कर्मचारीको जागिर जाने लगभग पक्का भएको छ । कार्यालयमा कार्यरत २ उपरजिष्ट्रार धर्मराज रोकाय र गंगाधर पौडेल हाल फरार रहेका छन् । अधिकृतद्धोय नारायणप्रसाद पोखरेल र उमेशमान जोशी हिरासत मै रहेका छन् । सीआइबीले २ कम्युटर शाखामा कार्यरत कर्मचारीको नाम खुलाएको छैन ।

कार्यालय श्रोतको अनुसार यी कर्मचारीहरुले शंकर इलेक्ट्रोनिक्सको सेयर ट्रान्फरका लागि १२ लाख रुपैंया लिएको बताइएको छ । नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भने–‘रकमकै लोभमा उनीहरुले फाइल पास गरेर पठाएका हुन् ।’ २५ लाख रूपैयाँ मूल्याङकन गरिएको कम्पनी सेयर ट्रान्सफरमा कर्मचारीको स्पष्ट मिलेमतो रहेको सीआइबीले जनाएको छ ।

Advertisement

अनुसन्धानमा ती कर्मचारीहरुले रकम लिई कम्पनीको सेयर ट्रान्सफर गरेको प्रमाणित भएको सीआइबीका प्रवक्ता सानुराम भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार रकम घोटाला काण्डमा अरोपितहरुलाई सरकारी वकिलले १४ जना विरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ ।

रजिष्ट्रार कार्यालयका ६ जना कर्मचारी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय क बमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर हुनेछ । यसैगरी घोटालामा संलग्न ८ जना विरुद्ध ठगि महल अन्तर्गतका जरिवाना र जेल सजायको माग गर्दै मुद्दा दायर हुनेछ ।

सीआइबीले २ उपरजिष्ट्रारद्धय रोकाय र पौडेल फरार रहेको र खोजी कार्य जारी रहेको जनाएको छ । उता कार्यालयमा भने दुबै जना बिदामा बसेको रजिष्ट्रार भुवनहरी अर्यालले बताए । अर्यालले उपरजिष्ट्रारको काम छिट्टै सुरु गर्ने बताए पनि काम अझै सुरु हुन सकेको छैन । काम सुरु नहँदा उपत्यका बाहिरका सेवाग्राही भने समस्यामा परेका छन् ।(विकास न्युजबाट)

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top