×

NEPAL TIMES UPDATES

Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026

शाहरुखको ’जवान’ लाई आक्रमक ओपनिङ

२२ भाद्र २०८०

२२ भदौ, एजेन्सी ।
बलिउड अभिनेता शाहरूख खान अभिनित फिल्म ’जवान’ ले भारतीय बक्स अफिसमा आक्रमक ओपनिङ गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ७५ करोड भारूको ओपनिङ गरेको छ। फिल्मले हिन्दी संस्करणमा मात्रै ६५ करोड भारू कमाएको हो। योसँगै फिल्मले सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

’जवान’ ले शाहरूख खानकै फिल्म ’पठान’ लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो। ’पठान’ को हिन्दी संस्करणले ५५ करोड भारू कमाएको थियो। ’जवान’ ले तमिल र तेलुगु संस्करणमा १० करोड भारू कमाएको छ। भारतमै ७५ करोड भारू कमाएको फिल्मले विश्वभरबाट १५० करोडबढी कमाएको अनुमान छ।

Advertisement
Advertisement

फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। पछिल्लो समय गदर २ पछि जवान सर्वाधिक कमाई गर्ने फिल्म बन्ने अनुमान गरिएको छ । पिंकभिल्लाले ‘जवान’लाई चार रेटिङ दिएको छ । यो पोर्टलका क्रिटिक हिमेश मन्कद लेख्छन्, ‘एट्लीको पटकथामा एक्सन, ड्रामा, इमोसन र स्केललाई समावेश गरिएको छ ।

शाहरुखले यसअघि कहिल्यै नदेखिएजस्तो आजाद र विक्रम राठौरको वीर चरित्रमा अभिनय गरेका छन् । निश्चित रुपमा यो ब्लकबस्टर फिल्म हो ।’ कोइमोइ पोर्टलले बलिउडले वर्षौंसम्म दिलाउन नसकेको कामलाई दक्षिण भारतले शाहरुखलाई जवान दिएको भन्दै हेडलाइन राखेको छ । यो वेबसाइटले तीन तारा दिएको छ ।

‘ हिन्दुस्तान टाइम्सको हेडलाइन छ, ‘शाहरुख खानको अर्थपूर्ण र मनोरञ्जक मुक्का ।’ एट्लीले आफ्नो हिन्दी निर्देशकीय डेब्युमा दर्शकलाई निराश नगर्ने कुरा जवानले सुनिश्चित गर्ने यो अखबारको विश्लेषण छ । उता ट्वीटरमा फिल्म ‘जवान’ बहिष्कारको ट्रेन्ड सुरु भएपनि यसले कुनै असर नदेखिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

ट्विटरमा मानिसहरूले उनलाई मन्दिर गएको भन्दै ट्रोल गरिरहेका छन् र फिल्म बहिष्कार गर्न माग गरिरहेका छन्। फिल्म ‘पठान’ अघि पनि बाइकटको ट्रेड चलिरहेको थियो तर फिल्मको कमाइमा कुनै असर परेको थिएन ।

Advertisement
Advertisement

एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा शाहरुख पत्नी गौरी खानको लगानी छ। फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्। जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top