×

NEPAL TIMES UPDATES

Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026

उत्तर कोरियाले सार्वजनिक गर्यो परमाणु क्षमताको पनडुब्बी

२४ भाद्र २०८०

२४ भदौ, एजेन्सी ।
उत्तर कोरियाले परमाणु क्षमताको नयाँ पनडुब्बी सार्वजनिक गरेको छ । सर्वोच्च नेता किम जोङ उनको उपस्थितिमा गत शुक्रबार उत्तर कोरियाले आफ्नो परमाणु क्षमताको पनडुब्बी सिन्पो–सी क्लास समुद्रमुनि तैनाथ गरेको हो । सिन्पो–सी क्लास पनडुब्बी उत्तर कोरियाको आणविक हतियारमा सबैभन्दा नयाँ र सबैभन्दा शक्तिशालीमध्ये एक भएको बताइएको छ ।

रुसी पनडुब्बीको डिजाइनलाई परिमार्जित गर्दै यो पनडुब्बी बनाइएको हो । यसमा डिजेल इन्जिन प्रयोग गरिन्छ जसले ब्याट्रीहरू चार्ज गर्न सक्छ । यो पनडुब्बी आवश्यक पर्दा आवाज बिना पानीमुनि चल्न सक्छ । यो पनडुब्बीले १० वटा पुक्गुक्सङ–३ मिसाइलहरू पानीभित्रैबाट आक्रमण गर्न सक्छ । यो पनडुब्बीको विकासलाई उत्तर कोरियाको क्षमतामा ठूलो फड्को भनिएको छ ।

Advertisement
Advertisement

जमिनबाट प्रक्षेपण गरिएका लामो दूरीका क्षेप्यास्त्रहरू तुरुन्तै पत्ता लगाइन्छ र त्यसलाई एन्टिमिसाइलले असफल बनाउन सकिन्छ । तर, सिन्पो–सी क्लास पनडुब्बीबाट हानिएको क्षेप्यास्त्रलाई ट्र्याक गर्न गाह्रो हुनेछ । क्षेप्यास्त्र जति नजिक लक्ष्यमा पुग्छ, त्यति नै आक्रमण गर्न सहज हुन्छ । पनडुब्बीबाट हानिएको क्षेप्यास्त्र पानी मुनिमुनि नै लक्ष्य नजिक पुग्छ र त्यसले बाहिरै गएर पनि आक्रमण गर्न सक्छ ।

जसकारण यहाँबाट हानिएको क्षेप्यास्त्रलाई दुश्मनले प्रतिक्रिया दिन गाह्रो हुनेछ । यो कार्यले उत्तर कोरियाले अब आफ्नो क्षेप्यास्त्रयुक्त पनडुब्बी फ्लिटलाई आधुनिकीकरण र विस्तार गर्न चाहने स्पष्ट हुन्छ । पछिल्ला वर्षमा उत्तर कोरियाले पानीमुनि आक्रमण गर्न सक्ने ड्रोन, युद्धपोतसँगै मिसाइल पनडुब्बीसहितका नयाँ आणविक हतियारहरूले आफ्नो नौसेनालाई बलियो बनाउन खोजिरहेको छ ।

गत वर्ष उत्तर कोरियाले हेइल ड्रोन विकास गरेको थियो । यो ड्रोनले दुश्मनलाई पानीमुनि खोजीखोजी आक्रमण गर्नसक्छ । दक्षिण कोरियाली सेनाको २०२२ को तथ्यांकअनुसार कोरियाली नौसेनासँग ४७० युद्धपोत, मिसाइल गाइडेड जहाज, टार्पेडो र साना गस्ती जहाजहरू छन् । उत्तरसँग ७० पनडुब्बी छन्, जहाँ सोभियतकालीन रोमिया–क्लास भेसल र मिडगेट पनडुब्बी पनि समावेश छन् ।

Advertisement

यस्तै, उत्तरसँग युद्धपोतलाई समर्थन गर्ने ४० सैन्य जहाज र २५० ल्यान्डिङ क्राप्ट छन् । उत्तर कोरियाले दक्षिण कोरियामा जतिबेला पनि आक्रमण गर्ने सामर्थ्य राख्छ । तर, समुद्रमुनि हुने अभियानमा प्योङयाङ कमजोर भएको बताइन्छ । यस्तोमा उत्तर कोरियाको नयाँ पनडुब्बीले पानीमुनि हुने अभियानमा टेवा दिनेछ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top