एक चुम्बनले स्पेनका फुटबल अध्यक्षको  पद गुम्यो

२४ भदौ ८०, सोमबार

२५ भदौ , एजेन्सी ।
महिला विश्वकपको फाइनलपछिको पुरुस्कार वितरण समारोहमा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई चुम्बन गरेपछि विवादमा परेका स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियल्सले अन्तत राजीनामा दिएका छन्। इङ्ल्याण्डलाई १–० गोलले हराएर विश्वकपको उपाधि जितेको खुसीयाली मनाउने क्रममा रुबियल्सले ३३ वर्षीया रुपेनी खेलाडी हर्मोसोलाई चुम्बन गरेका थिए।

उक्त चुम्बन सहमतिमा नभएको भन्दै हर्मोसोले कानुनी उजुरी समेत दिएकी थिइन्। रुबियल्सले महासंघका कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई एक विज्ञप्ति जारी गर्दै राजीनामा बुझाएको बताएका छन्। ‘म मेरो काम जारी राख्न सक्दिन,’ उनले पियर्स मोर्गनलाई उनको टेलिभिजन कार्यक्रममा भनेका छन् ।

४६ वर्षीय रुबियल्सले युइएफएको कार्यकारी समितिको उपाध्यक्ष पदबाट पनि राजीनामा दिएका छन्। चुम्बनको नतिजाले हालैका हप्ताहरूमा स्पेनी फुटबललाई घेरेको थियो। उक्त विवादले स्पेनको विश्वकप जितलाई छायामा पारेको थियो। राजीनामा दिनका लागि आइरहेको दबाबलाई लामो समयसम्म बेवास्ता गरेका रुबियल्सले अन्ततः काम गर्न नसक्ने भन्दै पद त्याग गरेका हुन् ।

Advertisement

टेलिभिजन कार्यक्रममा मोर्गनले रुबियल्सलाई सोधेका थिए कि कुन कुराले उनलाई अन्ततः राजीनामा दिन बाध्य तुल्यायो। रुबियल्सले आफ्नो परिवारसँग कुरा गरेको र साथीहरूको सल्लाह सुनेको बताएका छन् । ‘मेरा बुबा, मेरा छोरीहरू, मैले उनीहरूसँग कुरा गरेँ। उनीहरूलाई थाहा छ यो मेरो बारेमा प्रश्न होइन। र मसँग धेरै नजिकका साथीहरूले मलाई भने, लुइस तिमीले आफ्नो मर्यादामा ध्यान केन्द्रित गर्न र आफ्नो जीवन जारी राख्न आवश्यक छ,’ मोर्गनसँगको टेलिभिजन कार्यक्रममा रुबियल्सले भनेका छन् ।

रुबियल्सले चुम्बन ‘आपसी सहमति’मा भएको दाबी गरेपनि फुटबलको विश्व प्रशासक निकाय फिफाले अस्थायी रूपमा उनलाई यसअघि नै निलम्बन गरेको थियो। ‘फिफाले गरेको द्रुत निलम्बन र म विरुद्धको बाँकी खुला कारबाही पछि, यो स्पष्ट छ कि म आफ्नो स्थितिमा फर्कन सक्षम हुने छैन,’ रुबियल्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top