पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाउन सुरु

२७ भदौ, काठमाण्डौ ।

पाठेघरको मुख्यको क्यान्सरबिरुद्धको एचपीभी खोप लगाउनु शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधवार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा एक कार्यक्रमकाबीच सो खोप लगाउने कार्यको शुभारम्भ गरेका हुन् । योसँगै यो खोप सेवा आजैबाट सबै प्रदेशका संघीय अस्पतालहरुबाट पनि शुरु हुनेछ ।

मन्त्री बस्नेतले ऐतिहासिकता तथा योगदानलाई ख्याल गरेर परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालबाटै सो खोपको शुरुवात गर्ने निर्णय लिइएको बताए । उनले तत्कालका लागि सिमित स्रोत र साधन भएपनि छिट्टै सो खोप सबै किशोरीहरुले पाउने गरी सरकारले आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

Advertisement

मन्त्री बस्नेतले यो खोप सबै जिल्लामा पुग्नुपर्ने उल्लेख गर्दै त्यसका लागि आफूले पहल गरिरहेको समेत बताए । मन्त्री बस्नेतले सो खोप सबै जिल्लामा उपलब्ध गराउन आफूले सम्बन्धित निकायसँग कुरा गरिरहेको पनि बताए । सो अस्पतालमा अनुसार यो खोप १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लगाउन लागिएको हो ।

सरकारले सोही उमेर समूहका किशोरीहरुलाई लक्षित गरेर हाल २० हजार भाइल खोप निर्यात गरेको छ । यो खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने हुन्छ । स्वास्थ्य सेवा विभाग अन्र्तगत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुशार पाठेघरको मुखको क्यान्सरको शुरुको अवस्थामा धेरै जसोमा लक्षण नदेखिएपनि अन्तिम अवस्थामा मात्र पहिचान हुनसक्छ ।

Advertisement

संक्रमण हुँदा पछि गएर तल्लो पेट दुख्ने, अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने, कमजोर हुँदै जाने र रक्त अल्पता जस्ता लक्षणहरु देखिने हुन्छ । एचपिभि मुख्यतः संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्ने र यो संक्रमित व्यक्तिको यौनाङ्गको छाला श्लेष्म झिल्ली वा तरल पदार्थसँगको सम्पर्कमार्फत पनि सर्नसक्ने डा.गौतमको भनाई छ ।

एचपिभि खोप सेवा उपलब्ध हुने अस्पतालहरूमा कोशी प्रदेशमा कोशी अस्पताल विराटनगर, मधेस प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल डडेलधुरा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top