एकअर्कालाई भेट्ने वित्तिकै पुटिन र किमले के भने ?

एकअर्कालाई भेट्ने वित्तिकै पुटिन र किमले के भने ?

२७ भदौ, एजेन्सी ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनबीच भेटघाट भएको छ । यो भेटमा विश्वको नजर छ । कारण दुवै नेताहरुले पश्चिमा राष्ट्रहरुबाट कठोर प्रतिबन्ध खेपिरहेका छन् । दुई नेताबीचको भेटघाट रुसको वास्तोचनी कोस्मोड्रोममा भएको छ । यो रुसको स्पेस पोर्ट हो जसलाई सन् २०१६ मा सुरु गरिएको थियो ।

रुसको टेलिग्राम च्यानलमा दुई नेताबीचको भेटघाटको भिडियो भाइरल भएको छ । तर बीबीसीले यसलाई स्वतन्त्र रूपमा पुष्टि नगरेको बताएको छ । भिडियोमा देखिए अनुसार दुई नेता एक–अर्कासँग हात मिलाइरहेको देखिएका छन् । किम जोङ उन रेलमा रुस पुगेका हुन् ।रुसी सीमामा प्रवेश हुने बित्तिकै रातो कार्पेट बिछ्याएर एउटा स्टेसनमा उनलाई स्वागत गरियो।

किम जोङ उनसँग पुटिनले भने, ‘तपाईं यति व्यस्त हुँदा पनि हामीलाई बोलाउनु भएकोमा धन्यवाद ।’ यो कुरा त्यो भिडियोमा सुन्न सकिन्छ जसलाई रुसको टेलिग्राम च्यानलमा अपलोड गरिएको छ ।

पुटिनले किम जोङ उनलाई जवाफमा भन्छन्, ‘तपाईंलाई भेटेर खुसी लाग्यो । यो हाम्रो नयाँ कोस्मोड्रोम हो ।’ उनीहरुले रुसी अन्तरिक्ष केन्द्रमा एक घण्टाभन्दा बढी समय वार्ता गरेका छन् । पुटिनले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उत्तर कोरियालाई भूउपग्रह र रकेट प्रक्षेपण गर्न रूसले मद्दत गर्ने बताएका छन् ।

यस्तै किमले आफू सधैँ रुसको साथमा रहने बताएका छन् । उनले रुसको ‘पवित्र लडाइँलाई आफ्नो देशले ‘पूर्ण र बिनासर्त मद्दत’ गर्ने टिप्पणी गरेका छन् । यसअघि अमेरिकी अधिकारीहरूले पुटिन र किम जोङ छिट्टै पूर्वी रुसी सहर भ्लादिभोस्टोकमा हतियार सम्झौतामा भेट्न लागेको जानकारी दिएका थिए ।

उत्तर कोरियाले युक्रेन युद्धमा रुसलाई हतियार आपूर्ति गर्न सक्छ । उत्तर कोरिया पनि यो सम्झौताको लागि इच्छुक छ। यही कारणले गर्दा प्रायः देशबाहिर नजाने उत्तर कोरियाका तानाशाह किम जोङ उन रुसको भ्रमणमा छन् ।

गत हप्ता मात्रै अमेरिका, बेलायत, दक्षिण कोरिया र जापानले संयुक्त राष्ट्र संघमा एक संयुक्त विज्ञप्ति जारी गर्दै रसिया र उत्तर कोरियाबीच द्विपक्षीय सहयोग बढाउने कुनै पनि सम्झौतालाई सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन मानिने बताएका थिए । सुरक्षा परिषद्को प्रस्तावको प्रस्तावमा भने रसियाले पनि समर्थन गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.