बालेन टाइम म्यागजिनको विश्वका सय उदयीमान वर्ष ब्यक्तिमा छनोट

२७ भदौ ८०, बिहीबार

२८ भदौ ,काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन विश्वकै प्रतिष्ठित टाइम म्यागजिनको उदयीमान वर्ष ब्यक्तिको सूचीमा परेका छन् । बालेनलाई टाइम म्यागजिनले यसवर्षका सय उदीयमान व्यक्तिको सूचीमा छनोट गरेको हो । म्यागजिनले तयार पारेको ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश छ ।

सन् २०१५ को विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गर्दै म्यागजिनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षण जस्ता प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

प्रतिबद्धता पुरा गर्नेक्रममा सहरका गरिबमाथि असर परेको र उनीहरुको घर भत्काउने कदम गैरकानूनी देखिएको भन्दै बालेनले आलोचना खेप्नुपरेको समेत म्यागजिनले उल्लेख गरेको छ । ‘शक्तिमा पुगेदेखि शाहले ल्यान्डफिल साइट प्रयोग गर्न अधिकारीसँग सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Advertisement

साथै, कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्ने घोषणा पनि गरेका छन्, टाइम म्यागजिनका लागि आस्था राजवंशीले लेखेकी छन् । ‘स्ट्रक्चरल’ इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय बालेनले स्वतन्त्र रूपमा चुनाव लडेको उल्लेख गर्दै म्यागजिनले टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोग गरेर मतदातामाझ बालेन इफेक्टको प्रयोग गरेको जनाइएको छ ।

‘गत वसन्तको स्थानीय चुनावमा यी स्वतन्त्र उम्मेदवारले दिग्गज राजनीतिज्ञमाथि विजय हासिल गरे’ म्यागजिनले लेखेको छ । टाइम म्यागजिनले कलाकार, प्रतिभावान पपगायक, अन्वेषक, नेता, वकालतजस्ता विधामा समेत प्रभावशाली व्यक्ति छनोट गरेको छ । आफ्नो क्षेत्रमा प्रभाव हासिल गरेका व्यक्तिलाई ध्यानाकर्षण गराउन म्यागजिनले टाइम १०० व्यक्तिको सूची तयार पारेको जनाइएको छ ।

Advertisement

‘एक महान पत्रिका र एक महान मिडिया कम्पनीले वर्तमानलाई मात्र प्रतिबिम्बित गर्नु हुँदैन, हामी भविष्यका लागि पनि अघि बढ्नुपर्छ जसले समाजको भविष्य र भविष्यका नेताहरू कस्तो हुनेछन् भनेर देखाउँदछ’ म्यागजिनले लेखेको छ, ‘टाइम १०० को सूची बनाउन हामीले टाइमका संवाददाता र सम्पादकको विश्वब्यापी संजाललाई प्रयोग गरेका छौं ।’ यसअघि न्युयोर्क टाइम्सले पनि बालेनका बारेमा बृस्तीत आलेख लेखिसकेको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top