पुटिन र किम बीच के सहमति भयो ?

२८ भदौ, एजेन्सी ।
आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरेर उत्तर कोरियाली सर्वोच्च नेता किन जोङ उन स्वदेश फर्किएका छन्। भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा रहेको साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा राष्ट्रपति पुटिनसँग शिखर वार्ता गरेर नेता किम आफ्नो अभेद्य रेलमा स्वदेश फर्किएको रुसी समाचार संस्था आरआईए नोवोस्तीले जनाएको छ ।

Advertisement

उनी राष्ट्रपति पुटिनको निमन्त्रणामा रुस भ्रमणमा थिए । वार्ताका क्रममा उत्तर कोरियाली नेताले राष्ट्रपति पुटिनलाई मस्कोका सेनाले आफ्ना शत्रुहरूमाथि ‘महान् विजय’ हासिल गर्ने आश्वासन दिएको रुसी समाचार समितिहरूले जनाएका छन् । उनले रुसी सेनाको प्रशंसा गर्दै युक्रेन युद्ध जित्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पुटिनले दुई देशबीचको सहयोग र मत्री भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै रुस र उत्तर कोरियाको समृद्धिको कामना गरेका थिए । उत्तरबाट हतियार आपूर्ति तथा रुसबाट जासुसी उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्नेप्रविधि हस्तान्तरण तथा खाद्यान्नलगायत सहयोगबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

Advertisement

किमसँगको भेटपछि पुटिनले उत्तर कोरियालाई सेटेलाइट निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका थिए । किमको रुस भ्रमणकाक्रममा रुसलाई हतियार उपलब्ध गराउने सम्झौता हुने अमेरिका लगायत पश्चिमाको अनुमान थियो । तर यस सम्बन्धी कुनैसम्झौता बाहिरिएको छैन् ।

किम उत्तर कोरियाको राजधानी प्योङयाङबाट ल्याइएको लिमोसिन कारमा अत्याधुनिक सुविधा र भारी हतियारले सुसज्जित रेलबाट भोस्टोचनी कोस्मोड्रोम पुगेको रुसी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । पुटिनले अन्तरिक्ष केन्द्रको स्टेशनको प्रवेशद्वारमा किमलाई स्वागत गरेका थिए । अहिले किम अत्याधुनिक सुविधा र भारी हतियारले सुसज्जित रेलबाटै कोरिया फर्किएका छन् ।

Advertisement

किम विदेश घुम्नका लागि प्रायजसो हल्का हरियो रेलको प्रयोग गर्छन् । यो विशेष ट्रेनले पूर्ण रूपमा बुलेटप्रुफ सुरक्षा प्रदान गर्दछ। न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार यस ट्रेनको प्रत्येक डिब्बा बुलेटप्रुफ छन् । जसका कारण यो ट्रेनको वजन औसतभन्दा हजारौं पाउण्ड बढी हुन्छ। त्यसैले अतिरिक्त वजनले ट्रेनको गति पनि घटाउँछ।

ट्रेन केवल ३७ माइल प्रति घण्टाको अधिकतम गतिमा चल्न सक्छ। यो ट्रेन किमका बुवा र हजुरबुवाले चीन र रुस भ्रमणका लागि प्रयोग गरेका थिए । किमका बुबा किम जोङ इल जहिले पनि यात्रा गर्दथे त्यसबेला तीनवटा रेल एकैसाथ चल्थे। ज्जमा एउटाले अग्रिम सुरक्षा बोकेको हुन्थ्यो, दोस्रोमा किम चढेका हुन्थे भने तेस्रोमा थप अंगरक्षक र सामान राखिएको हुन्थ्यो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top