फ्रान्समा आइफोन १२ बिक्रीमा किन रोक लगाईयो ?

२८ भदौ ,एजेन्सी ।
फ्रान्स सरकारले एप्पललाई आइफोन १२ को बिक्री रोक्न निर्देशन दिएको छ। आइफोन १२ ले अत्याधिक इलेक्ट्रोम्याग्नेटिक रेडिएसन फालेको भन्दै बिक्री रोक्न भनिएको हो । रेडियो फ्रिक्वेन्सीको नियमन गर्ने फ्रेन्च वाचडग ‘एएनएफआर’ले एप्पललाई अरु मोडलका फोनहरु पनि ‘फिक्स’ गर्न भनेको छ।

एएनएफआरले एप्पललाई समस्याको समाधार सफ्टवेयर अपडेटले मात्रै नहुने भन्दै सबै फोन बजारबाट फिर्ता लग्न भनेको छ। हाल बजारमा बिक्रीमा रहेको आइफोन १२ का सेटमात्र नभइ फ्रान्समा बिक्री भइसकेका सबै फोन एप्पलले फिर्ता लिनुपर्ने भनिएको छ। सन् २०२० को सेप्टेम्बरमा रिलिज भएको आइफोन १२ अहिले पनि विश्वभर बिक्री भइरहेको छ।

मंगलबार रातिमात्रै एप्पलले आइफोन १५ लन्च गरेको थियो। एप्पलले भने एएनएफआरको निर्देशनविरुद्ध अपिल गर्ने जनाएको छ। आफ्नो डिभाइसले सबै ल्याब टेस्ट पूरा गरेको र त्यसको रिपोर्ट पनि नियमन निकायलाई उपलब्ध गराइएको एप्पलले जनाएको छ। उसले सबै आइफोन रेडिएसन नियम भित्रै रहेर निर्माण भएको दाबी गरेको छ।

Advertisement

फ्रान्सका डिजिटल मन्त्री जीन नोएल बरोटले रेडिएसन लेभल मानक भन्दा बढी थ्रेसहोल्डमा रहेकोले सो निर्णय लिएको बताएका छन्। एप्पलले दुई हप्ताभित्र यसबारेमा जवाफ दिनुपर्ने उनले बताएका छन्। ‘यदि उनीहरुले मानेनन् भने म सर्कुलेसनमा रहेको सबै आइफोन १२ फिर्ता गराउने बारे तयार छु।

नियम सबैका लागि एउटै हुन्छ, चाहे त्यो ठूलो डिजिटल जायन्ट किन नहोस्’ मन्त्री बरोटले भनेका छन् । फ्रान्सले आइफोन १२ बारे गरेको अध्ययन र प्राप्त नतिजा अरु देशका नियमन निकायहरुलाई पनि साझा गर्ने तयारी गरेको छ।

Advertisement

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top