×

NEPAL TIMES UPDATES

Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026

अल हिलालमा नेयमारको सुखद डेब्यु

३० भाद्र २०८०

३० भदौ,एजेन्सी ।
ब्राजिलियन स्टार नेयमारले साउदी प्रो लिगको अल हिलालका लागि सुखद डेब्यु गरेका छन् । अल हिलालले अल रियादमाथि ६–१ को जित दर्ता गर्दै शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार सम्पन्न खेलमा बेन्चबाट दोस्रो हाफमा मैदान पस्दै नेयमारले डेब्यु गरेका थिए । उनले खेलको ६४ औं मिनेटमा मिडफिल्डर माइकलको स्थान लिएका थिए ।

नेयमार मैदान पस्दा नै २–० को अग्रता लिएको अल हिलालले त्यसपछि ४ गोल थपेको थियो । नेयमारलाई खेलको ८७ औं मिनेटमा गोलको खाता खोल्ने अवसर पनि थियो । तर अल हिलालले पाएको पेनाल्टी नेयमारले सालेम अल दसारीलाई प्रहार गर्न दिए । मैदानमा उपस्थित क्लबका समर्थकले पनि नेयमारले पेनाल्टी नहान्दा निराशा व्यक्त गरेका थिए ।

Advertisement
Advertisement

अल हिलालको जितमा दसारीले २ तथा एलेक्जेन्डर मित्रोभिच, यासेर अल शाहरानी, नासेर अल दसारी र माल्कमले १–१ गोल गरे । यस जितसँगै अल हिलाल ६ खेलमा १६ अंकका साथ लिगको शीर्षस्थानमा उक्लिएको छ । अल इतिहाद (१५), अल ताउन (१३), अल अहली (१२), अल फतेह (११) र अल इतिफक (१०) अंकका साथ शीर्ष ६ मा अटाएका छन् ।

अल नार र अल वेह्दाको ९–९ अंक छ । यता स्टार फरवार्ड किलियन एमबाप्पेले दुई गोल गरेपनि फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिगमा पहिलो हार बेहोरेको छ । पिएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा निसले पिएसजीमाथि ३–२ को जित निकालेको हो । खेलको २१ औं मिनेटमा तेरेम मोफीले गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध पारेका थिए ।

तर एमबाप्पेले २९ औं मिनेटमा अक्रफ हाकिमीको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको ५३ औं मिनेटमा गेतान लाबोर्डले पुनः निसलाई अग्रतामा लगे । ६८ औं मिनेटमा नाइजेरियन फरवार्ड मोफीले व्यक्तिगत दोस्रो गोल गर्दै ३–१ को अग्रता दिलाए ।

Advertisement
Advertisement

८७ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि पिएसजी हार बेहोर्न बाध्य भयो । एमबाप्पेले सिजनको चौथो खेल खेलिरहँदा सातौं गोल गरेपनि टोलीलाई पहिलो हारबाट टाढा राख्न सकेनन् । यस हारले पिएसजी अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । टोलीको ५ खेलमा ८ अंक छ । मोनाको ४ खेलमा १० अंक तथा निस ५ खेलमा ९ अंकसहित शीर्ष दुई स्थानमा छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top