क्यानडालाई अमेरिकाको साथ, भन्यो भारतलाई छुट हुदैन

५ असोज,एजेन्सी ।
हरदीप सिंह निज्जर प्रकरणमा क्यानडा र भारतबीच कुटनैतिक सम्बन्ध चिसिएको अवस्थामा अमेरिकाले खुलेर क्यानडाको साथ दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवनले खालिस्तान समर्थक हरदीप सिंह निज्जरको ज्यान लिएको घटनाको सम्बन्धमा भारतलाई कुनै ‘विशेष छुट’ नदिने बताएका छन् ।

निज्जरको मृत्यु प्रकरणलाई लिएर क्यानडा र भारतबीच तनाव बढिरहेका बेला अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाकार सुलिवनले उक्त कुरा बताएका हुन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको ज्यान लिइएको घटनामा भारतको हात रहेको बताएपछि अहिले क्यानडा र भारतबीच तनाव बढिरहेको छ ।

तनाव बढिरहेका बेला सुलिवनले निज्जरकोलाई लिएर उच्च तहमा भारतीय अधिकारीहरूसँग अमेरिकाले सम्पर्क गरिरहेको बताएका छन् । “यसप्रकारको कामको लागि तपाईंले कुनै विशेष छुट पाउनु हुन्न । देशको मतलव नगरी हामी खडा हुन्छौं र आधारभूत सिद्धान्तहरूको रक्षा गर्छौं ।

Advertisement

हामी क्यानडाजस्तो सहयोगीसँग नजिक रहेर काम गर्छौं, किनकी यस घटनामा जाँच तथा कूटनीतिक प्रक्रिया क्यानडाले अघि बढाएको छ,” ह्वाइट हाउसमा सञ्चाकर्मीसँग सुलिवनले भनेका छन् । पछिल्ला दिन अमेरिका भारतसँग सम्बन्ध राम्रो बनाउन खोजिरहेको छ । यसवर्षको सुरुमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा गएका थिए ।

अहिले अमेरिकालाई निज्जरको घटनाले भारतसँगको सम्बन्ध बिग्रिने चिन्ता छ । यस विषमा सुलिवनले जुनसुकै देश प्रभावित भए पनि अमेरिका आफ्नो सिद्धान्तको लागि खडा हुने स्पष्ट पारेका छन् । यस घटनामा अमेरिकाले भारत र क्यानडा दुवै देशसँग कुरा गरिरहेका समेत बताएका छन् ।

Advertisement

अमेरिकी सञ्चारमाध्यममा अमेरिकाले क्यानडासँग दूरी बढाइरहेको भन्ने आशयका समाचार आएपछि उनले क्यानडासँग कुनै मतभेद नरहेको स्पष्ट पारेका छन् । “म अमेरिका र क्यानडाबीच मतभेद छ भन्ने कुरालाई अस्वीकार गर्छु । जुन आरोप क्यानडाले लगाएको छ त्यसमा हामी चिन्तित छौं । हामी चाहन्छौं यो जाँच अघि बढ्नुपर्छ र अपराधीलाई दोषी ठहर गर्नुपर्छ,” उनले भनेका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा भारतमाथि आरोप लगाउँदै एक कुटनितिज्ञलाई देश निकाला गरेपछि देश भित्रै र भारतबाट समेत यसको प्रमाण दिनुपर्ने बताइरहेका बेला अमेरिकाले खुल्ला रुपमा क्यानडाको साथ दिएपछि अब भारत थप दबाबमा पर्ने विश्लेषण गरिएको छ । क्यानडाको आरोप र कदमपछि भारतले पनि एक क्यानाडेली कुटनितिज्ञलाई देश निकाला गर्दै क्यानडास्थित दुतावासबाट भारतकाृ भिसा सेवा बन्द गरेको छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top